पुराना दलका नेताकै कारण जनतामा निराशा छायो : सभापति लामिछाने

रौतहट । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामीछानेले पुराना दल र तिनका नेताहरूकै कारण अहिलेको ब्यवस्थाप्रती जनतामा निराशा छाएको बताएका छ्न । शनिबार रौतहटको चन्द्रपुरमा पत्रकारहरु संगको अन्तर्क्रीयामा लामिछानेले लोकतान्त्रिक गणतन्त्र ल्याउन भएको आन्दोलन र प्राप्त उपलब्धी र बर्तमान व्यवस्था प्रति जनताको गुनासो बढेको बताएका हुन ।

लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलन पुरान दल र नेताहरू कै उपज भएको बताउदै व्यवस्था हैन अवस्था परिवर्तन गर्न रास्वपा गठ्न भएको बताए ।

मधेश प्रदेशका विभिन्न जिल्लामा केन्द्रित सभाहरूमा सहभागी हुने क्रममा रौतहट आएका सभापति लामिछानेले गौर र सन्तपुरमा आयोजना हुन लागेको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

रास्वपाले मधेशमा आफ्नो पकड जमाउन मधेस केन्द्रित सभा र कार्यकर्ता भेटघाटको तयारी तिब्र पारेको छ ।

प्रतिक्रिया