मुगु । मुगु छायाँनाथ रारा नगरपालिका ६ मुन्दु गाउँमा भएको चार जनाको सामुहिक हत्याकाे घटनाकाे अनुसन्धानमा खटिएको प्रहरी टोलि र प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्र थापालाई सम्मान गरिको छ । सामुहिक हत्यामा संलग्नलाई नेपाल प्रहरीले आफ्नो मातहतका संयन्त्र परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान गरि हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन सफल भएको भन्दै छायांनाथ रारा नगरपालिकाले जिल्ला प्रहरी कार्यालय मुगु, अनुसन्धानमा खटिएको प्रहरी टोलि र प्रहरी नायव उपरीक्षक विरेन्द्र थापालाई मंगलबार सम्मान गरेको हाे ।
छिटो, छरितो, शान्ती र स्थानीय जनतामैत्री भएर सामुहिक हत्याको अनुसन्धानमा खटिइ हत्याको कारण र हत्यारा पत्ता लगाउन सफल भएको भन्दै छायानाथ रारा नगरपालिकाले सम्मान गरेको हो । गत महिना कार्तिक १० गते छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउका स्थानीयले दुई दिनदेखि एक घरमा ताला लागेको, घर परिवार कोहि बाहिर नदेखिएको भन्दै खबर गरेका थिए । साे लगतै प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाको नेतृत्वमा मन्दु गाउमा पुगेको प्रहरी टोलिले बन्द ढोका खोल्दा एक आमा सहित ३ छोरा छोरिको विभल्स हत्या गरेर घर बाहिर ताला लगाएको फेला पारेको थियो ।
घटनाको अनुसन्धान बाँकेमा रहेको कर्णाली प्रदेश प्रहरी, कर्णाली प्रदेश प्रहरी सुर्खेत, कर्णाली प्रदेश केनाइ शाखा, केन्द्रीय अनुसन्धान व्युरो र मुगु प्रहरी टोलिले अनुसन्धान गरेको थियो ।
घटना स्थलमा रहेको ४ प्रहरी अनुसन्धान टोलिले म्यानुल्ली र केन्द्रीय अनुसन्धान व्युरोले प्रविधी अनुसन्धान गरि हत्यामा संलग्न रहेको भन्दै हत्या भएको १५ दिनमा २ जना हत्या आरोपी मृतकका मामाका छोरा र सानिआमाका श्रीमानलाइ पत्रकार सम्मेलन मार्फत प्रहरीले सार्वजनिक गरेको थियो ।
प्रहरीको कार्यले जिल्लामा अपराधिक कृयाकलाप नियन्त्रणमा ठूलो सहयोग पुगेको र अपराधीले जति प्रमाण नष्ट गरेर अपराध गरेपनि अपराधिलाई प्रहरीले ढिलो चाडो पत्ता लगाइ कानुनी कठघरमा उभ्याइ छोडने सन्देश दिएकोले प्रहरिको कार्यलाइ उच्च सम्मान गर्दै प्रहरिको मनोवल र हौसला बढाउन स्थानीय सरकारका नाताले नगरपालिकाले सम्मान गरेको नगरप्रमुख विष्णुकुमार भामले बताए । उनले भने, ‘काम गर्नेलाइ सम्मान र नगर्नेलाइ दण्डको दिने चलन हामीबाटै शुरुवात गर्नुपर्छ। सबैलाइ एउटै ठाउमा राख्नु हुदैन भन्ने मान्यताले अनुसन्धानमा दिनरात खटिने प्रहरिलाइ सम्मान गरेका हाैं ।’
नगरप्रमुखबाट सम्मान पत्र ग्रहण गर्दै प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले यस्ता खालका सम्मान, समन्वय र सहयोगले नेपाल प्रहरीलाइ हौसला मिल्ने गरेको र प्रहरी संगठनप्रति जनताको विश्वास झन बढ्ने विश्वास व्यक्त गरे । नगरपालिकाको सम्मान प्रहरिलाइ मात्र नभए अनुसन्धानमा सहयोग गर्ने सबैको सम्मान भएको पनि प्रनाउ थापाले बताए ।
मन्दु सामुहिक हत्यामा २८ वर्षिया आमा श्रीदेवी बोहोरा, ११ बर्षिया छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ५ महिने छोरा रहर बोहोराको हत्या भएको थियो । हत्याका आरोपी गोपाल बहादुर बोहोरा मृतक श्रीदेवीका सहोदर मामाका छोरा दाजु नाता पर्थे भने, अर्का आरोपी गोर्खराज शाही श्रीदेवीका सानी आमाका श्रीमान नाताले काका नाता पर्थे ।
मुगु
प्रतिक्रिया