बझाङमा ३० वटा अटाे रिक्सा प्रहरी नियन्त्रणमा

बझाङ । बझाङ जिल्लामा सवारी चालक अनुमति पत्र र दर्ता लाईसेन्स नभएका अटाे रिक्सा प्रहरीले नियन्त्रणमा लिएकाे छ । जिल्लाकाे जयपृथ्वी नगरपालिका केदारस्यु गाँउपालिकालगायतका ठाउँमा चल्दै आएका अटाे रिक्साहरु जिल्ला प्रहरी कार्यालय बझाङले नियन्त्रणमा लिएकाे हाे । जिल्ला प्रहरी कार्यलय बझाङले ३० अटाे रिक्सा नियन्त्रणमा लिएकाे र बाँकी रहेका अटाे रिक्साहरुलाई पनि नियन्त्रणमा लिने जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख भरत शाहले जानकारी दिए ।

प्रहरी प्रमुख शाहले भने, ‘केहीदिन अगाडी दुर्गाथली गाउँपालिका २ को मौरीबगडबाट भाँगडा बजारतर्फ जाँदै गरेको अटो रिक्सा पिपलढुस्की भन्ने ठाँउमा दुर्घटना भयाे अटो दुर्घटना हुँदा ८ जना घाइते भएकाे हुँदा दुर्घटना न्युनिकरण कम गर्न र अटाे रिक्सालाई व्यवस्थित बनाउन नियन्त्रणमा लिएकान हाैं ।’

त्यस्तै उता प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले अहिले अटाे रिक्साबाट हुने दुर्घटना न्युनिकरण गर्न र यसलाई व्यवस्थित पार्न सचेतनामुलक, दवावमुलक जस्तो अभियान थालेकाे बताए । कुईकेलले भने, ‘अटाे रिक्सा चल्ने पालिकामा दर्ता हुनुपर्याे, चालकहरुकाे लाईसेन्स लिएकाे छ कि छैनन्, भाडादर लगायका विषयमा सराेकारवालाहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढ्ने छाैं ।’

प्रतिक्रिया