टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ‌‌ । नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार कार्यालय खुल्नासाथ सर्वोच्चमा रिट दायर गरेका हुन् ।

सरकारले सामाजिक सद्‌भाव र पारिवारिक एकता बिथोलेको भन्दै गत सोमबारदेखि नेपालमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

हेर्नुहोस् रिट निवेदन-

प्रतिक्रिया