जेसिबीको एक्सक्लुसिभ रिटेलर हेटौंडामा

काठमाडौं । एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सले हेटौंडामा आफ्नो एक्सक्लुसिभ रिटेलर स्थापना गरेको छ । उक्त रिटेलर ऋतु ट्रेडर्सको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उप–मेयर राजेश बानिया, हेटाडा च्यामबर एण्ड कमर्सका उपाध्यक्ष प्रमोदसिंह रानाभाट, हेटाडा अटोमोबाईल्स संघका अध्यक्ष दामोदरप्रसाद अटल, ऋतु ट्रेडर्सका प्रोप्राइटर सागर सापकोटा र एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्सका प्रतिनिधिले संयुक्त रूपमा गरे ।

यसको शुरुवातसँगै अब हेटौंडाका ग्राहकले ऋतु ट्रेडर्समार्फÞत सजिलै जेसिबीका सक्कली पार्ट्स खरिद गर्न पाउनेछन् । एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर्स नेपालका लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो ।

प्रतिक्रिया