काठमाडौं । सामसङले क्रिस्टल युएचडी टिभी र क्युएलइडी टिभी सेटहरूको नयाँ लाइन–अप, २०२३ सि–सिरिज टिभी नेपाली बजारमा सार्वजनिक गरेको छ ।दसैं–तिहार लक्षित गरी सामसङ २०२३ टिभी सिरिज नेपाली बजारमा सार्वजनिक गरिएको हो। यो नयाँ लाइन–अपको टिभीहरू ४३ इन्चदेखि ८५ इन्चसम्मका विभिन्न साइजमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।
नयाँ २०२३ क्रिस्टल युएचडी टिभी र क्युएलइडी टिभीमा सामसङको फ्ल्यागसीप फिचरहरू रहेको कम्पनीको भनाइ छ । सामसङको सिग्नेचर नक्स सेक्युरिटी, बिल्ट–इन एआई भ्वाइस असिस्टेन्ट बिक्स्बी, स्मार्टथिन्ग्स एपको एक्सेस र स्लिमफिट क्यामको साथ भिडियो कल गर्न मिल्ने सुविधा रहेको कम्पनीले बताएको छ ।
कम्पनीका अनुसार यी टिभीहरूमा काल्म अनबोर्डिङ र अटो ब्राइटनेस अद्जस्त गर्नका लागि आइओटी लाइट सेन्सरहरूको सुविधा पनि रहेको छ । यसैसँगै सि–सिरिजका टिभीहरू वातावरणलाई ध्यानमा राखेर डिजाइन र निर्माण गरिएका छन् र धेरै पार्टहरू पुनर्नवीकरण गरिएका हुनुको साथै सोलार सेल रिमोट र एआई एनर्जी सेभिंगका पनि प्रगोग गरिएको छ । यसका साथसाथै ३१ डिसेम्बर २०२३ भित्रमा खरिद गरिएका २०२३ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ ।
यी सिरेजमा कनेक्टेड एक्सपिरियन्स ग्राहकका घरमा ल्याउन सक्षम हुने सामसङ नेपालका कन्जुमर इलेक्ट्रोनिकस्का महाप्रबन्धक आलोक कुमार गुप्ताले बताए । कम्पनीका अनुसार नयाँ २०२३ लाइन–अप प्रयोगकर्ताहरूलाई असल इमर्सिभ कन्टेन्टको अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । हाइ डाइनामिक रेन्जबाट सम्भव भएको प्रकाश स्तरहरूको परिष्कृत दायराको साथ, प्रयोगकर्ताहरूले रङहरूको विशाल स्पेक्ट्रम र सबैभन्दा अँध्यारो दृश्यहरूको सानो सानो विवरणहरू पनि देख्न सकिने कम्पनीको भनाइ छ ।
ओटीएस लाइट सुविधाले दुई भर्चुअल स्पिकरहरू र एडप्टिभ साउन्ड मार्फत सिर्जना गरिएको थ्रिडी सराउण्ड साउन्डको साथमा अन–स्क्रिन भएका गतिहरूलाई यथार्थपरक अनुभूति गराउने कम्पनीले बताएको छ ।
यसका विशेषताहरूः
प्रिमियम डिजाइन
घरको कुनै पनि ठाउँमा फिट गर्न सकिने गरी डिजाइन गरिएको छ। नयाँ २०२३ क्रिस्टल युएचडी टिभी र क्यूएलईडी टिभीको डिजाइन उत्कृष्ट भएको र घरमा भएको कुनै पनि प्रकारको पर्खाल र सजावटको सौन्दर्यमा समायोजन गर्न सकिन्छ । जसबाट यसको एयरस्लिम डिजाइनको कारणले जता पनि घुलमिल्छ । यसको एडजस्ट गर्न मिल्ने हाइटले गर्दा यो कुनै पनि कोठा र कुनै पनि ठाउँका लागि फिट हुन्छ ।
स्लिम सोलार पावर्ड रिमोट
एक पूर्ण ब्याट्री–रहित रिमोट कन्ट्रोल जसलाई कोठाको बत्तीहरू र वाइफाइ राउटरहरूबाट उत्सर्जित अतिरिक्त ऊर्जा मार्फत चार्ज गर्न सकिने स्लिम सोलार पावर्ड रिमोट मिनिमलिस्टिक कुञ्जीहरू र बिल्ट–इन माइक्रोफोनको साथ आउँछ ।
१०० प्रतिशत करल भोल्युम
२०२३ टिभीहरूले एक बिलियन ट्रु कलर्सको चमक देखाउँदछ, जसले समृद्ध र जीवन्त रङहरूको अरबौं सेडहरू, र यसको प्रोसेसर जसले लो–रिजोल्युसन तस्विरहरूलाई उच्च फोके डिस्प्लेमा अपस्केल गर्दछ ।
भिडिइद्वारा प्रमाणित, प्रयोगकर्ताहरूले रङ्गको रेन्ज र पिक ब्राइटनेसको सुधारिएको दायराको आनन्दको साथ पहिले भन्दा धेरै विस्तृत विवरणहरूमा आफ्ना मनपर्ने कन्टेन्टहरूको आनन्द लिन सक्छन् । जसले स्क्रिनलाई जतिसुकै चम्किलो रूपमा उज्यालो वा अँध्यारो भए तापनि धेरै फरक रङहरू वास्तविकतामा ल्याउन सक्छ ।
थ्रिडी साउण्ड
ओब्जेक्त ट्र्याकिङ साउन्ड लाइटले दुई भर्चुअल टप स्पिकरहरूको प्रयोग गरी घरको आरामबाट सिनेमेटिक थ्रिडी साउण्डको मजा लिन दिन्छ । ओटियस लाइटले स्क्रिनमा भएका तत्वहरूको चालहरू ट्र्याक गर्छ र त्यो तत्वको स्थानसँग मेल खाने ध्वनि उत्पादन गरी गतिशील थ्रीडी–जस्तो ध्वनि अनुभव सिर्जना गर्दछ ।
बिल्ट–इन एआई भोइस असिस्टेन्ट
बिक्सबी, एक बिल्ट–इन एआई भ्वाइस असिस्टेन्टले कन्टेन्टको सहज आनन्द दिन्छ । बोलेरै कनेक्टेड डिभाइस प्रयोग गरी आफूले चाहेको कन्टेन्ट फेला पार्न सकिन्छ ।
कति पर्छ मूल्य ?
नयाँ क्रिष्टल युएचडी सियु७७००, सियु८०००, क्युएलइडी टिभीएस क्यू६०सी श्रृंखलाहरू २०२३ सी–सिरिजको यो दसैं र तिहार विशेष अफरमा उपलब्ध छन् । यस अफर मार्फत सामसङ टिभीहरूमा ४१ प्रतिशतसम्म छुट र सन् २०२३ को अन्त्यसम्म यस अफर अवधिमा खरिद गरेको हरेक टिभीमा ३ वर्षको वारेन्टी लिन सकिने कम्पनीको भनाइ छ । चाडपर्व अफरमा नयाँ सि–सिरिजको मूल्य विशेष ७२ हजार १५९ रुपैयाँबाट सुरू हुने कम्पनीले बताएको छ ।
प्रतिक्रिया