बबिताको निर्देशनमा नयाँ भिडियो

काठमाडौं । गायक प्रताप दास र गायिका कल्पना श्रेष्ठको स्वर रहेको ‘मेरा बाजे अच्छा लवर थे’ बोलको गीत सार्वजनिक भएको हो । दीपक शर्माको सगीत, दिनेश सुवेदीको शब्द, शाहस शाक्यको एरेन्ज रहेको गीतको भिडियो प्रियसी म्युजिक प्रालिले ल्याएको हो । बबिता श्रेष्ठ निर्देशित गीति भिडियोमा दुर्गेश थापा, एलिशा बास्तोला आरके ताम्राकार लगायतका कलाकारको अभिनय छ । अजय रेग्मीको छायांकन, मौसम हिमालीको नृत्य निर्देशक र कल्पेश विश्वकर्माको सम्पादन रहेको भिडियोका निर्माता राजेन्द्र पुरी हुन् ।

प्रतिक्रिया