रौतहट । असोज १४ देखि एकीकृत समाजवादीको सुरु हुने ‘समाजवाद जागरण यात्रा’ आउँदो असोज १८ गते रौतहट पुग्ने भएको छ । जिल्लाको मध्य भाग गरुडामा भएको नेकपा (एकीकृत समाजवादी) को जिल्ला कमिटीको बैठकमा सो जानकारी गराइएको हो । समाजवाद जागरण यात्राले असोज १७ गते बेलुका चन्द्रनिगाहपुरमा विषयगत छलफल, १० देखि १ बजेसम्म गरुडामा सभा र २ बजे हरनहियाबाट बारा जिल्लालाई हस्तान्तरण गरि विदा हुने कार्यक्रम तय गरेको छ ।
एकीकृत माजवादी पार्टीले आगामी असोज १४ देखि २८ गतेसम्म दुई साता लामो मेची–महाकाली राष्ट्रिय अभियान गर्ने भएको छ । ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटा स्थित मेची नदीबाट सुरु गर्ने भएको छ । उक्त यात्रा असोज २९ गते पश्चिम महाकाली पुगेर सकिनेछ ।
पार्टीको नीति एवम् विचारलाइ देशव्यापीरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले यात्रा सुरु आयोजन हुन लागेको जिल्ला अध्यक्ष कमल यादवले जानकारी गराए । जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन अध्यक्ष यादवको संयोजकत्वमा ‘समाजवाद जागरण यात्रा’ व्यवस्थापन समिति रौतहट गठन समेत गरिएको छ ।
बैठकलाइ सम्बोधन गर्दै वक्ताहरुले यात्राको क्रममा देशमा उत्पन्न राजनीति अवस्था बारे जानकारी गराउने,आर्थिक मन्दीमा पार्टीको नीति लगायतका बारेमा जानकारी गराइने जनाएका थिए । साथै उनीहरुले नेकपा (एमाले)सँग विद्रोह गरेर अलग हुनुको औचित्य बारे पनि जानकारी गराइने बताइएकाे छ ।
सो अवसरमा संविधानसभा सदस्य रामकुमार भट्टराइ, प्रदेश सांसद कनिस पटेल, बौधिमाई नगरपालिकाका प्रमुख प्रदिप यादव, गौर नगरपालिकाको मेयर शम्भु साह, बृन्दावन नगरपालिकाका मेयर बिनोद पटेल, जिल्ला इन्चार्ज सरला यादव, पूर्व प्रदेश सांसद नागेन्द्र यादव, गरुडा नपाका मेयर प्रत्यासी बृजकिशोर यादव, वडा अध्यक्ष तुरन्त नरायण यादव, लक्ष्मी नरायण यादव लगायत समाजवादीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया