यस्तो रह्यो शिक्षकहरुका आन्दोलनको दोस्रो दिन काठमाडौं (फोटो फिचर)

काठमाडौं । विद्यालय शिक्षा ऐनको विरोधमा शिक्षकहरुले बिहीबार दोस्रो दिन पनि काठमाडौंमा प्रदर्शन जारी गरेका छन् । बुधबारदेखि सुरु भएको विरोध प्रदर्शन शिक्षकहरुले आज पनि जारी राखेका हुन् ।

संसदमा दर्ता भएको शिक्षा विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालय बन्द गरी बुधबारदेखि काठमाडौं केन्द्रीत आन्दोलनको घोषणा गर्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा आज दोस्रो दिन पनि प्रदर्शन गरेका हुन् ।

तस्विर : प्रेम न्यौपाने

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया