सिस्नेका प्रमुख प्रशासकीय अधिकृत शाहको बिदाइ

रुकुमकोट । सिस्ने गाउँपालिका रुकुम पूर्वमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विकास विक्रम शाहको बिदाइ गरिएको छ । राष्ट्रिय योजना आयोगमा शाहको सरुवा भएको छ । शाहको सरुवा भएपछि मंगलबार गाउँपालिकामा बिदाइ तथा फेरि भेटौँला कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको हो ।

२०७९ साउन २४ गतेदेखि सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज सुरु गरेका शाहले एक वर्ष एक महिना ९ दिनसम्म सिस्ने गाउँपालिकामा रहेर काम गरे ।

बिदाइ कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कृष्ण रेग्मीले छोटो समयमा पालिकाको विकास र समृद्धिमा अधिकृत शाहले उल्लेखनिय भूमिका निर्वाह गरेकोमा धन्यवाद व्यक्त गरे । उनले शाहले सिस्ने गाउँपालिकामा गरेको सेवा पुर्याएको योगदानको सधै स्मरण गरिरहने समेत बताए ।

गाउँपालिका अध्यक्ष रेग्मी र अधिकृत आठौँ चिन्तामणि दाहालले फूल, माला, दोसल्ला, अविर र पुष्पगुच्छासहित मायाको चिनो दिएर शाहको बिदाइ गरे । गाउँपालिकामा कार्यरत जनप्रतिनिधि, शाखा प्रमुख र अन्य कर्मचारीले अविर र पुष्पगुच्छाले शाहको विदाइ गर्दै आगामि कार्यकाल सफलताको कामना गरेका थिए ।

विदाइ कार्यक्रममा अधिकृत शाहले सिस्ने गाउँपालिकाको बसाई राम्रो भएको बताए । गाउँपालिकामा रहँदासम्म साथ सहयोग दिने सबै जनप्रतिनिधि र कर्मचारीलाई उजले आभारसहित धन्यवाद दिए ।

गाउँपालिका अध्यक्ष रेग्मीको अध्यक्षतामा विदाइ कार्यक्रम सम्पन्न भएको हो । कर्मचारी मिलन केन्द्र रुकुम पूर्वले सोमबार नै शाहलाई बिदाइ गरेको थियो ।

मदन विसी

रुकुम पूर्व

प्रतिक्रिया