बझाङमा जङ्गली च्याउ खाँदा दुई बालकको मृत्यु

बझाङ । बझाङमा जङ्गली च्याउ खाँदा दुई बालकको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ –६ नौराका लक्ष्मण कठायतकी–७ वर्षीया छोरी सञ्जिला र ११ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।

सञ्जीलाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेल्धुरा रेफर गरिएकोमा बुधबार बीच बाटोमै ज्यान गएको थियो । सुदीपको भने डडेल्धुरा अस्पतालमा उपचारका क्रममा गएराति ८ बजे मृत्यु भएको जयपृथ्वी नगरपालिका–६ का वडाध्यक्ष नरेन्द्रबहादुर सिंहले बताए ।

उनीहरूले बुधबार बिहान लेकबाट ल्याएको बिषालु जंगली च्याउ खाएका थिए । आमा पुनी कठायतको अवस्था भने सामान्य रहेको र घरमै उपचार भईरहेको वडा अध्यक्ष सिंहले बताए ।

प्रतिक्रिया