समाज परिवर्तन गर्न पत्रकारको भुमिका महत्वपुर्ण हुन्छ : उपप्रमुख सिंह

बझाङ । जयपृथ्वी नगरपालिकाका नगरउपप्रमुख रतनबहादुर सिंहले समाज परिवर्तन गर्न पत्रकारहरुको महत्वपुर्ण भुमिका रहने बताएका छन् । बुधवार सदरमुकाम चैनपुरमा दलित सहयोग समाजको आयोजना र यूनाईटेड मिसन टू यूएमएन बझाङको आर्थिक सहयोगमा सञ्चालित समान ब्यवहार परियोजना लैङ्गिक समानता सवाल समन्धी पत्रकार र सरोकारवालाहरु बीच भएको अन्तरक्रिया कार्यक्रममा यस्तो कुरा बताएका हुन ।

नगरउपप्रमुख सिंहले भने, ‘हामीले सार्वजनिक कार्यक्रमहरुमा लैङ्गिक समानता सवाल समन्धी विभिन्न कार्यक्रमहरुमा महिला हिंसा न्युनिकरण गर्ने भनिएता पनि व्यावाहारमा भने कसैले पनि लागु नगर्ने समाजमा पुस्तौँ देखी भयावह अवस्थामा रहेकाे छ । सबै खाले कूरीती कुसंस्कारहरु हटाउन स्थानीयह सरकार संघ सस्था र स्थानीयहरु लगायत हामी सबै मिलेर हटाउनुपर्छ ।’

नगरपालिकाले बालविवाह न्युनिकरण गर्न सिएसडव्लु राखेको र समस्याहरुलाई समाधान गर्न प्रत्येक वडाहरुमा मेलमिलाप केन्द्र गठन गरेको र पालिकामा महिला समन्धी आउने विभिन्न खाले मुद्दाहरू समाधान गर्न लागिपरेको उनले बताए । उनले भने, ‘सेभहाउमा आउने पीडित महिलाहरुलाई सीप सिकुन भन्ने उदेश्यले प्रशिक्षक पनि राखेको र जटील मुद्दाहरू विभिन्न संघ सस्थाहरु र माथिल्लो निकायहरुमा पठाउने गरेका छाैं ।’

कार्यक्रममा जिल्लामा रहेका विभिन्न गैरसरकारी संघ सस्थाहरुले धेरै काम गरेको भएपनि कार्यक्रम लागु भएको बेला मात्रै हुने र कार्यक्रम सकिएपछि कुनै पनि प्रतिफल नआउने भएकाले ती कार्यक्रमहरुलाई स्थानीय सरकारले अपनत्व लिनुपर्ने पत्रकार भुमिराज पिठातोलीले बताए ।

यूएमएन बझाङका टिम लिडर चन्द्र भण्डारीले आगामी दिनहरुमा जिल्लाका पत्रकारसँग सहकार्य गरी अगाडी वढ्ने र साझेदार संस्थाहरुबाट भएको राम्रा नराम्रा कामहरु निष्पक्ष रुपमा समचार सम्प्रेषण गरी समाजलाई अगाडी बढाउनुपनेमा जाेड दिए ।

त्यस्तै कार्यक्रमा दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विकले सस्थाले वुंगल नगरपालिकाका तीनवटा वडाहरु ९, १० र ११ मा कार्यक्रम सञ्चालनमा रहेको र कार्यक्रमबाट प्रभावित व्याक्तिहरु उत्पादन क्षेत्रसँग जोडिएको हुँदा कार्यक्रम एकदमै राम्रो हुने अपेक्षा लिएको बताए ।

कार्यक्रमको अध्यक्षता दलित सहयोग समाजका अध्यक्ष मोहनलाल विक कार्यक्रमका प्रमुख अतिथी रतनबहादुर सिंह, यूएमएन बझाङका टिम लिडर चन्द्र भण्डारी, दलित सहयोग समाजका कार्यकारी निर्देशक सुनिल दमाई जिल्लामा रहेका विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया