‘साउदीका नेपाली श्रमिकका समस्याको समाधान खोज्नुपर्छ’

दोहा । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदीले साउदीमा नेपाली श्रमिकहरूले भोगेका समस्या समाधान गर्न एकतर्फी मात्र नभएर चौतर्फी रूपमा समाधानको उपाय खोज्नुपर्ने बताएका छन् । अध्यक्ष रबिना अर्यालको नेतृत्वमा निर्वाचित गैरआवासीय नेपाली संघ एनआरएनए) साउदीका पदाधिकारीहरूलाई तथा शुभकामना राजदूत सुवेदीले यस्तो बताएका हुन् ।

उक्त भेटघाट कार्यक्रममा राजदूत सुवेदीले एनआरएनए साउदीले नेपाली दूतावाससँगको सहकार्यमा विगत लामो समयदेखि नेपाली श्रमिकहरूको हक, हित र राहत उद्धार एवं सेवा प्रवाहमा पु¥याउँदै आएको सहयोग तथा योगदानका लागि आभार प्रकट गरेका थिए । साथै, उनले आगामी दिनहरूमा दूतावासले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरूमा एनआरएनएको पूर्ण सहयोगको अपेक्षा रहेको र यस्ता कार्यहरूमा दूतावाससँगको सहकार्यमा निरन्तर अघि बढ्ने विश्वास पनि व्यक्त गरेका छन् ।

नेपाली श्रमिकहरू रहेको देशको न्यायप्राणीका विषयमा एनआरएनएले सही सूचनाहरू बृहत्रूपमा प्रवाह गरी दिन पनि उनले अनुरोध गरेका थिए । श्रमिकहरूको समस्यालाई दीर्घकालीन रूपमा निराकरण गर्न केन्द्रस्तरमा नै नीतिगत सुधार गर्नुपर्ने बताए ।

उनले एनआरएनएले यी तमाम विषयहरूसँग अपडेट भइरहन जरुरी रहेको बताउँदै दूतावास, नेपाली समुदाय तथा विभिन्न राजनीतिक दलका भ्रातृसंगठनहरूले पनि आ–आफ्नो क्षेत्रबाट समस्या समाधान गर्ने विषयमा आवाज उठाइदिन आग्रह गरेका छन् ।

भेटमा अध्यक्ष अर्यालको साउदीमा समस्यामा परेका नेपाली श्रमिकहरूको हक, हित र राहत उद्धार कार्यलाई विगत वर्षहरूमा झैँ एकताबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता जनाइन् । नेपाली श्रमिकहरूले भोग्नुपरेको समस्याको बारेमा केन्द्रस्तरसम्ममै पहल गर्ने बताइन् ।

एनआरएनएले दूतावास रियाद र महावाणिज्य दूतावास जेद्धासँग आपसी समन्यव गरी दुवै नियोगले सञ्चालन गरेका कार्यहरूमा सहकार्य गरी सक्रिय भूमिका निर्वाह गर्ने बताइन् । विभिन्न मेनपावर तथा एजेन्टहरूमार्फत साउदी पुगेका सयौँ नेपाल युवाहरू त्यहाँ समस्यामा परेका छन् ।

प्रतिक्रिया