संखुवासभा समाज कतारकाे तीज तथा सचेतनामुलक कार्यक्रम सम्पन्न

दोहा । संखुवासभा समाज र लालीगुराँस रेस्टुरेन्ट कतारले संयुक्त रुपमा आयोजना गरेको हरितालिका तीज तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार कतारको सानैया प्लाजा महलको लालीगुराँस रेस्टुरेन्टमा आयोजित कार्यक्रममा दिपशिका दाहाल, रेश्मा प्याकुरे, गंगा बजगाईँ, बिरेन मादेन, सृष्टि लामा, लगायत अन्य धेरै कलाकारहरुले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा ‘चिटिकै भा छु रे’ बोलको गीतमा नेपाली महिला दिदिबहिनिहरुले सामुहिक नृत्य गरेका थिए । कार्यक्रमको अन्तिम चरणमा सस्कृतिक संयोजक बिरेन मादेनले ‘संखुवासभा राम्रो त्यहि पर्यो घर हाम्रो’ गीत गएर थप मनोरन्जन प्रधान गरेका थिए ।

उपस्थित सबै दिदीबहिनी तथा दाजुभाईहरुलाई दरको समेत व्यवस्था गरिएको थियो । संखुवासभा समाज कतारका महासचिव पदम सिम्खडाले संचालन गरेको कार्यक्रम समाजका अध्यक्ष राजेन्द्र खनालको अध्यक्षता र नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै अध्यक्ष खनालले आगामी दिनहरुमा पनि यस्ता खालको कार्यक्रम गर्दै जाने बताए । समाजले भाबी कार्ययोजना बनाएर अघि बढ्ने र बिश्वको २७ देशहरुमा संखुवासभा समाजको स्थापना भएपनि सक्रिय रुपमा रहेको समाज कतारकै भएको उनले बताए ।

‘संखुवासभालीको पहिचान बिश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ २०१६ मा स्थापना भएको समाजले संखुवासभा जिल्लामा विभिन्न आपत बिपतमा परेका जिल्लाबासीहरुलाई पनि समय-समयमा सहयोग गर्दै आएको छ ।

समाज गत असार २ गते संखुवासभा चैनपुर नगरपालिकास्थित हेवाखोलामा आएको बाढीका कारण बेपत्ता भएका ५ जनाको परिवारलाई समाजले प्रति परिवार ४३ हजार रुपैयाका दरले जम्मा २ लाख १५ हजार रुपैया आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया