सिन्धुपाल्चोकमा बाढीले विद्यालय भवन बगायाे

काठमाडौं । सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन मेलम्ची खोलामा आएको बाढीले बगाएको छ । सरस्वती मावि बिहानदेखि नै बाढीको उच्च जोखिममा परेको थियो। बाढीले बिहानै विद्यालयको शौचालय र निर्माणाधीन भागको पिलर खसालेको थियो अहिले भवन ढलाएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

जोखिम उच्च भएपछि स्कुल बन्द गरी डेस्क, बेन्च लगायत सामान बिहानै जनप्रतिनिधि र प्रहरी मिलेर हटाइको ग्याल्थुम बजार नै जोखिममा भएकाले स्थानीयहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको जानकारी उनले दिए । दिनभर मेलम्चीले कटान गरेपछि राति ८ बजेतिर भने स्कुलको तल्लो पट्टिको भवन बगेको हो ।

प्रतिक्रिया