गाउँपालिकाको प्रसाशनिक भवन शिलान्यास

पर्सा । जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको प्रसाशनिक भवनको मंगलबार एक कार्यक्रमका बीच शिलान्यास भएको छ । गाउँपालिकाको प्रशासनिक भवनको प्रमुख अतिथि रहेका नेपाल सरकारको परराष्ट्रमन्त्री एनपि साउदले विधवत रूपमा पूजापाठ गरी शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रमको समारोहमा बोल्दै परराष्ट्रमन्त्री साउदले पर्सा जिल्ला ऐतिहासिक जिल्ला भएको र जबजब देशमा समस्या आएको छ त्यतिबेला पर्साका योद्धाहरूले सहयोग गरी इतिहास बनाएको बताए । मन्त्री साउदले पुरानो सम्झना याद गर्दै स्वर्गीय आत्माराम ओझालगायत योगदानको बारेमा चर्चा गरेका थिए । उनले भने यस क्षेत्रका विकासमा सहयोग गरिने प्रतिबद्धतासमेत गरेका छन् ।

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सांसद जनार्दन सिंह क्षेत्रीले महिलाहरूको उपस्थिति देखेर खुसी भएको बताउँदै उनले तिनै तहका सरकारमा महिलाको उपस्थित देखिएको छ अब महिलाहरूले आआफ्ना छोराछोरीहरूलाई शिक्षामा भेदभाव नगर्न आग्रह गरे । छोराहरूलाई प्राइभेट विद्यालय र छोरीहरूलाई सरकारी विद्यालयमा पठनपाठन गराई भेदभाव गरिरहेकोले दुवैलाई एक समान गर्न आग्रहसमेत गरे । उनले गाउँपालिकाले जग्गा उपलब्ध गराएमा आउने आर्थिक वर्षमा टाउन हल बनाउनमा सहयोग गरिने प्रतिबद्धता गरेका छन् ।

प्रशासनिक भवनको लागि स्थानीय मनोज चौधरीलाई ३ कठ्ठा १२ धुर जग्गा दान गरेकोमा बधाई दिँदै गाउँपालिका अध्यक्ष दिनेश चौधरीले भवन ६ करोड ८ लाख ८ हजार ४३ रुपैयाँको लागतमा दुई वर्षभित्र तीन तले भवन निर्माण हुने बताए । अध्यक्ष चौधरीले चुनावको बेला गरिएको वाचा बिस्तारै बिस्तारै पूरा गरिने बताए । उनले तीन महिनाभित्र एमबिबिएससमेत १० शैयाको अस्पतालको उद्घाटन गरिने बताए ।

हुलाकी राजमार्गबाट भाथाधाम जाने बाटो निर्माण हुने र एक करोड रकमसमेत आइसकेको र यो योजना बहुवर्षीय योजना रहेकोले यो सडक बाटोबाट भाथाधाममा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने बताए । उनले यो आर्थिक वर्षमा तिलगंगा अस्पतालको शाखाको लागि भवन निर्माण गर्ने । यस्तै कृषि बजारको सेड निर्माण गरिनेलगायत दाबिसमेत गरेका छन् ।

शिलान्यास कार्यक्रममा भवन बनाउन जग्गादाता समाजसेवी मनोज चौधरीलाई दोसल्ला ओढाई कदरपत्रबाट सम्मानितसमेत गरिएको थियोे । गाउँपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति रामनारायण कुर्मी, उपाध्यक्ष ममता महतो, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव, वडा अध्यक्षहरू, पोखरियाका पूर्व मेयर, क्षेत्रीय सभापति, कार्यपालिका सदस्य, वडा सदस्य, बुद्धिजीवी, समाजसेवी, कार्यालय कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया