देश्मा सुशासन कायम गर्दै विकृति अन्त्य गर्ने सरकारको पहिलो प्राथमिकता : मन्त्री शर्मा

हाईप्रोफाईल हुँदैमा कसैलाई पनि उन्मुक्ति दिदैनौं

प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सुशासन कायम गर्दै देशमा हुने तमाम विकृति विसंगति अन्त्यका लागि केन्द्रित रहेको बताएकी छन् । नेपाल पत्रकार महासघं प्यूठानले जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले सरकारले सुशासन कायम गर्दै न्याय र समृद्धिका पक्षमा काम गरिरहेको बताएकी हुन । सुन काण्ड, शरणार्थी काण्ड, ललिता निवास जस्ता काण्डमा संलग्न जो कोहि भएपनि उन्मुक्ति नपाउने उनले बताइन् । सरकारले कानुन बिपरित भएका सबैखाले अपराध अनियमितताको बिषयमा निर्मम भयर अघि बढ्ने मन्त्री शर्माले बताइन् ।

सरकारकाे प्रवक्ता समेत रहेकी मन्त्री शर्माले यस्ता गम्भीर विषय सञ्चारमाध्यमले उजागर गरेकाले सरकारलाई थप अनुसन्धान गर्न सहयोग पुगेको भन्दै सम्पूर्ण सञ्चारमाध्यमको प्रशंसा गरिन् । ‘भ्रष्टाचारको विषयमा सरकार गम्भीरतापूर्वक लागेको छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले घरभित्रको मान्छे भए पनि नछोड्ने भन्नुभएको छ । यो बिषय अनुसन्धानबाट निष्कर्षमा पुर्‍याउने छौँ ।’

उच्च तहमा भएकै कारण जुनसुकै अपराधमा संलग्नलाई उन्मुक्ति दिन नमिल्ने भएकोले यसमा सरकार निर्मम भएर अगाडि बढेको बताइन् । उच्च तहका नेता उम्कने र आम नागरिकले सास्ती पाउने दिन अन्त्य भयको भएको भन्दै जनतालाई ढुक्क हुन अनुराेध गरिन् ।

मन्त्री शर्माले भनिन्, ‘सरकार कतिपय बिषयलाई निष्कर्षमा पुर्याउने दिसामा अगाडि बढेको छ । सुन तस्करको कुरो पनि सरकारले निष्कर्षमा पुर्याउने काम भैरहेको छ ।’

टेलिकमको जिल्लामा रहेकाे समस्याको बिषयमा सरोकारवालासँग छलफल गरि हल गरिने उनको भनाइ छ । सूचना र प्रबिधिलाई आय आर्जनसँग जोडेर लैजानुपर्ने आवस्यकता रहेकोले यो बिषयमा सरकारले काम थालनी गरेको बताइन् । सेवा निर्यात गर्न सकिने अवस्थामा पुगेका छौ । उनले भनिन्, ‘आइसिटीलाई रोजगारसँग जोडन सबै प्रदेशमा ब्यवसायीक तालिम संचालन गर्ने आइसिटि मेला गर्ने तयारी रहेको सुनाइन् ।’ सूचनाको पहुँचलाई गाउँसम्म जोडन सरकार जिम्मेवार भएर लागेको उनले बताइन् ।

‘कतिपय ऎन कानुनमा जटिलता भएकोले केहि समस्या छ ।’ सरकारले समस्या भएका बिषयमा पुन बिचार गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
बिज्ञापन प्रणालीमा चुहावट भएको गुनासो आएको बताउदै उनले भनिन्, ‘चुहावट रोक्न बिज्ञान नियमावली बनाउछौ ।’

बिज्ञापन प्रणाली र बजारलाई ब्यवस्थापन गर्न सरकार लागेको बताइन् ।सामाजिक संजालमा देखिएको कैयन विकृतिलाई नियमन गर्न समाजिक सञ्जाल सम्बन्धि ऎन बनाउन लागेका छौं । ऎन बनेर कार्यान्वयनमा आएपछि सामाजिक संजालको बिकृती अन्य हुने उनले बताइन् ।

कतिपय ऎन कानुन बनिनसकेकोले कतिपय समस्या छ

बिज्ञापनको चुहावट रोक्न बिज्ञापन नियमावली बनाउदै छौ नियमावलीआएपछि केही हल हुने मन्त्री शर्माले बताइन् । बिज्ञापन र बजारलाई ब्यवस्थापन गर्न सरकार लागेको उनले दाबी छ । उनले भनिन्-‘समाजिक सञ्जाल सम्बन्धि ऎन बनाउन लागेका छौं । ऎन बनेर कार्यान्वयनमा आएपछि सामाजिक सञ्जालको विकृती अन्य हुनेछ ।’

नगरपालिका भित्रको साँगुरा सडक, प्युठान-भालुवाङ सडकलाई स्तरोन्नति गर्न सरकारसंग पहल गरिने र लामो समय देखि अन्योलमा रहेको बाग्दुला-भिमगिठे सडकको कतिपय जटिलतालाई निष्कर्षमा पुर्याई छिट्टै काम अगाडि बढाउन उच्r तहमा छलफल गर्ने मन्त्री शर्माले बताइन् । जग्गाको मुआब्जा दिन नसक्ने नीति भएकोले केही समस्या छ त्यस्को लागि स्थानीय तहाले पहल थाल्नुपर्ने बताइन् । क्याडी देखि बाग्दुला सम्मको सागुरो सडक फराकिलो बनाउन एक खालको छलफल आवश्यक रहेकोले यस्को लागि स्थानीय तहले पहल थाल्नुपर्ने जरुरी छ ।

महिला पत्रकारहारुको प्रबर्द्धन गर्न कार्यक्रम ल्याइने छ । कम्तीमा महिलालाई पत्रकारमा टिकाई राख्न प्रबर्द्धन गरिने गरि कार्यक्रम ल्याउने मन्त्री शर्माले बताइन् । चुनावको बेला प्युठानी जनताले देखाएको सहानुभूतिलाई स्मरण गर्दै उनले उक्त सहयोग कहिल्यै नभुल्ने स्पष्ट पारिन् ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया