फिदिममा लिचिका बिरुवा उत्पादन गर्दै थाङसाङ कृषि उद्योग

पाँचथर । फिदिम नगरपालिका– २ पल्लो टारमा थाङसाङ कृषि उद्योगले लिचिका बिरुवा उत्पादन गर्न थालेको छ । उद्योगका सञ्चालक गजेन्द्र इदिङगोले वयस्क लिचिको बोटबाट स–साना हाँगाहरुमा गुटी बनाइ बिरुवा उत्पादन गरेका हुन् ।

उक्त उद्योगले गुटी तरिकाबाट बिरुवा उत्पादन गर्न लागेको र उत्पादन गर्न सकिने सञ्चालक इदिङगोले बताए । बिरुवा तयार गर्न उद्योग सञ्चालक इदिङगोकी श्रीमती गौरादेवी कन्दङवाले पनि पलाष्टिकको टुक्रामा मलमाटो भरेर गुटी बनाउने काम गरेकी छन् । उनका पति गजेन्द्रले हाँगाको वरिपरी बोक्रा खुर्केर तयार पार्ने काम गर्छन् ।

यसरी तयार पारिएको बिरुवा गुटिमा जरा लगाउन दुई महिना लाग्ने सञ्चालकले बताए । बिरुवा तयार भएपछि नर्सरीमा ट्युबमा राखिन्छ । नर्सरीबाट जेठदेखि असार महिनामा रोप्ने लायकको हुने इदिङगो बताउँछन् । उक्त बिरुवा प्रतिगोटा ६० देखि ८० रुपैयाँसम्ममा बिक्री वितरण हुने उनको भनाइ छ ।

कृषि उद्योगमा जिल्ला बाहिर, भारतको कलकत्तादेखि सिड जातका विभिन्न फलफूल, अमिलो र गुलिया फूलका बिरुवासमेत निर्यात गरी कृर्षकहरुलाई सुलभ मुल्यमा दिने गरेको उनले बताए । वनजंगलमा लगाइले बहुमूल्य जातका बिरुवा बिक्री वितरण भइरहेको र डिमाण्ड भइरहेको इदिङगोले बताए ।

प्रतिक्रिया