जानकी टोलको नहरमा महिलाको वेवारिसे शव फेला

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका– २ जानकिटोल गण्डक नहरमा एक महिलाको शव फेला परेको छ । बुधबार (आज) स्थानीयहरुले गण्डक नहरमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय जानकिटोला पुगेर सो महिलाको शवलाई उठाएर परीक्षणको लागि लगेको वरिष्ठ सइ अशोक बसनेतले जानकारी दिए ।

फेला परेको उक्त शवको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीले बताए । गण्डक नहरमा बगाएर ल्याएको अन्दाजी ३७ वर्षीया महिला रहेको र उनी भारतीय हुन सक्ने प्रहरीले जनाएको छ ।

ती महिलाको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा पठाएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कोमल साहले जानकारी दिए ।

प्रतिक्रिया