पाँचथर । जिल्लाको हिलिहाङ गाउँपालिका– ७ पावाडाडामा ड्राइगन फ्रुड फल्न थालेको छ । रिजाल जैविक कृषि फर्म प्रालिमा उत्पादन दिन थालेको फर्म सञ्चालक ओमनाथ रिजाल ले बताए । उक्त फर्ममा ५० रोपनी क्षेत्रफल मध्ये २० रोपनीमा ड्राइगन फ्रुट लगाएको छ ।
उक्त क्षेत्रमा १२ सय बिरुवा लगाएको छ । उक्त बिरुवा लगाएको १५ महिनामा ड्राइगन फ्रुड फल्न धानेको रिजाको भनाइ छ । आगामी साउन महिनामा ३ देखि ४ टन उत्पादन हुने अनुमान गरिएको उनले बताए । सो फर्ममा सेतो र रातो फल्ने सञ्चालक रिजालको भनाइ छ ।
ड्रागन फ्रुट सबै खालका रोगीहरुले खान मिल्ने फलको रुपमा प्रयोग गरिन्छ । यसको बजार बिस्तार स्थानीय बजार तथा काठमाडौंसम्म हुने फर्म सञ्चालक रिजालले बताए । रिजाल भन्छन, ‘मध्ये पहाडी क्षेत्रमा लगानी गर्न सके आर्थिक रूपमा आत्मनिर्भर हुनेछ ।’
उक्त फर्ममा एक जना प्राविधिकसहित तीन जना नियमित कामदार सञ्चालक रिजालले जानकारी दिए । फर्ममा बिरुवा समेत वितरण गर्ने गरेको उनको भनाइ छ । ड्राइगन फ्रुड लगानी सरुमा ८० लाखबाट थालिएको सञ्चालक रिजालको भनाइ छ ।
उक्त फर्म सञ्चालनमा कृषि ग्यान केन्द्र पाँचथरले तीन लाख रुपैयाँ अनुदान सहयोग गरेको रिजाल बताउँछन् । हिलिहाङ गाउँपालिका– ७ भारपा का भगिरथ रिजाल बैदारका नाति ओमनाथ रिजालले ड्राइगन फ्रुड लगाएको देखेर त्यस क्षेत्रका कृर्षक लाभान्वित बनेका छन् ।
प्रतिक्रिया