मुगु । मुगुमा व्यवसायीक तरकारी खेतीसम्बन्धी पाँचदिने तालिम सम्पन्न भको छ । अपांग पुर्नस्थापन तथा ग्रामिण विकास संस्थाका डार्डो नेपाल मुगुको आयोजना र सिबिएम आई एन एफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाभित्र रहेका अपांगता भएका व्यक्तिकृषकहरुका लागि उक्त तालिम सञ्चालन गरिएको हो ।
कम्तीमा अपांगता भएका व्यक्तिहरुले व्यवसायीक तरकारी खेत गर्न उत्प्रेरण होस्, भान्सामा अर्गानिक तरकारी पुग्न सकोस् भन्ने उदेश्यलेका साथ सञ्चालित तालिमबाट अपांगता भएका ब्यक्तिहरु लाई जिविकोपार्जन गर्न सहज होस् भन्ने उदेश्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न अपांगता समूहका कृषकहरुलाई लक्षित गर्दै व्यवसायीक तरकारी खेती मौसमी तथा बेमौसमी तरकारी खेती तालिम सञ्चालन गरिएको अपांग पुर्नस्थापन तथा ग्रामिण विकास संस्था डार्डो नेपालका अध्यक्ष सक्क बुढाले बताए ।
पाँच दिनसम्म सञ्चालन भएको तालिमामा अपांगता भएका व्यक्तिहरुलाई खनजोत, वेर्ना राख्नेदेखि सार्ने मौसमी तथा बेमौसमी तरकारी खेतीलगायतका बारेमा तालिम प्रयोगात्मक विधिबाट आरके आर्गनिक कृर्षि फममा सिकाईएको छ । उहिरुलाई व्यवसायीक तरकारी खेत गर्नको लागि सामग्री पनि सहयोग गरिएको अध्यक्ष बुढाले बताए ।
मुगु
प्रतिक्रिया