धोबिनी गाउँपालिकामा लम्पीस्किन देखियो

पर्सा । पर्साको धोबिनी गाउँपालिका– ३ हरिहरपुरमा यतिबेला पशुजन्य लम्पीस्किन रोग देखापरेको छ । गोठमा रहेका गाई–गोरु लगायतका पशुहरुमा भाइरसबाट लाग्ने लम्पीस्किन रोग देखिएको हो ।

यस रोगले पशुहरुमा जिउभरी फोका जस्ता घाउ देखापरेको छ । धोबिनी गाउँपालिका– ३ हरिहरपुरका गाई पालक उपेन्द्र पटेलको गाइलाई यो रोग लागेको देखिएको उनले बताए । गाउँघरमा यसरी एकाएक रोग देखापरेपछि स्थानीय पशुपालक किशान चिन्तित बनेका छन् ।

गोठमा भएका पशुहरुमा लाग्ने यस रोगले ग्रसित भएको पशुहरू गोठमै लम्पसार हुन थालेका छन् । भाइरस रोग पशुबाट सम्पर्कमा आएपछि अर्को पशुहरुमा सर्ने गर्छ ।यो गाई–भैँसीमा लाग्ने रोग तर यसको प्रकोप भैंसीभन्दा गाईमा बढी देखिएको छ ।

जिउमा फोका फोका हुने उच्च ज्वरो आउने, खाना नखाने अदि लक्षणहरु देखिएको पशु डाक्टर मुरलीधर पाण्डेले जबताए ।

प्रतिक्रिया