स्वर्गिक मार्ग संघ फिदिमद्वारा सञ्चालित स्वास्थ्य सिविर सम्पन्न

पाँचथर । स्वर्गीक मार्ग संघ फिदिम दुवारा आमश हिलिङ स्वास्थ्य सिविर शनिबार सम्पन्न भएको छ । सम्पन्न उक्त सिविरमा १३ सय ४६ जनाले उपचार लिएका छन् ।

सो सिविर फिदिम नगरपालिका– २ पल्लोटारमा सञ्चालन भएको थियो । आमश , हिलर, उपचार बिधि दुवारा ७ दिन बिरामी लाइ हिलरले सिविरमा उपचार गराएका छन् । आमश भन्नाले– आत्म मन ,शरिर ‘आमश’ बुझाउने जिल्ला अध्यक्ष टिकाबहादुर राइले जानकारी दिए ।

उक्त सिविर समापनमा भारत सेमिङ गुरुले गुरु सन्देश दिएका थिए । ‘प्रेमवाद आध्यात्मिक सन्देश हो, शान्ति हो’, उनले भने । उक्त सिविरलाइ फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले उद्घाटन गरेका थिए ।

समापन समारोहमा काफ्लेले प्रेमवाद आध्यात्मिकले समाज सुधारमा प्रभाव पार्ने जनाउँदै समाजमा तडकर भडकले समाज परिवर्तन नहुने बताए । समाज सुधार्न योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया