अमेरिकाले नेपालमा आफ्नै पार्टी बनायो : दुर्गा पौडेल

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलेले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नै राजनैतिक पार्टी बनाएर संसद र सरकारलाई समेत साम्राज्यवादी निती अनुसार संचालन गर्ने रणनीती बनाएकोले अमेरिकी साम्राज्यवाद बिरुद्ध सर्घषमा सवै नागरिकहरुलाई सचेत बनाई एक पटक लाग्नु पर्ने बताएकी छन् । मेचीकाली अभियान संचालनका लागी अर्घाखाँची आएकी पौडलले प्रगतीशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा यस्तो बताईकी हुन् । दीर्घकालिन योजनाअनुसार देशमा प्रतिगामी शतिmहरुले लोकतन्त्र, गणतन्त्र र धर्मनिपेक्षता माथी आक्रमण गर्दै नेपालमा स्वतन्त्र पार्टी जस्ता पार्टी निर्माण गरि हस्तक्षेप गरिरहेकोले उनले आरोप लगाइन् ।

उनले नेपालको राष्ट्रियता सार्वभौमिकता, लोकतन्त्र समेतका लागी गम्भीर खतरा हुन लागेको पौडेलको दाबी छ । अमेरिकी साम्राज्यवादी शतिmहरुले संसारका बिभिन्न देशहरुको राष्ट्रियता र सार्वभौमिकता माथी हमला गर्नुका साथै बिभिन्न देशहरुमा लोकतन्त्रलाई समाप्त गरी फासिष्ट शासन कायम नीती अपानाएको भन्दै पौडेलले संसारभरी अर्को युद्धको समेत खतरा रहेको बताईन् ।

पौडेलले भनिन, ‘संघियता आफैमा गलत छैन, तर हाम्रो देशका आर्थिक अवस्था, भौगोलिक बनावट, उत्पादन प्रणालीका निकै कमजोर छ, संघियताका लागी धेरै कुरा अनिवार्य हुन्छ, त्यसकारण अहिले यो देशमा संघियता आबश्यकता छैन, देशमा अहिले एउटा सरकार संचालन गर्न समेत गाह«ो अबस्थामा पुगेको छ, शाषन प्रणाली ठीक भएयर मात्र हुदैन,शाषक पनि ठिक हुन जरुरी छ , प्रादेशिक संरचना पुर्ण रुपमा खारेज गरि त्यसलाई प्रशासनिक समयन्त्रको रुपमा मात्र राख्दा उपयुतm हुन सक्छ,हामीहरुले संघियताको बिरोध गर्दा जातीवादीहरुवाट पटक पटक जनमोर्चाका नेता कार्यकर्ता आक्रमणमा परेका छन्, हामीहरुको एजेन्डा ढिलै भए नि सवै आउनै पर्छ ।’

हिजोका दिनहरुमा भ्रष्टहरुलाई कारबाही नगर्दा आज देशका नागरिकलाई भुटानी शरणार्थी बनाई मानव बेचबिखन गर्ने जस्ता जघन्य कार्यमा समेत राज्यका महत्वपुर्ण मन्त्री भएका साथै कर्मचारी समेत लागेकोले मुलुकमा सुशासन कमजोर बन्दा राजनितीलाई आम नागरिकले हेर्ने दृष्ट्रिकोण समेत कमजोर हुदै गएको नेता पौडेले बताईन् ।

देशको राजनैतिक स्थीती र आबश्यकताका अनुसार आन्दोलन पनि लगातार अगाडी बढिरहने पौडेले बताइन् । अमेरिकी साम्राज्यवादका बिरुद्दको संघर्षका लागी नैतिक र आर्थिक रुपले बढी भन्दा बढी सहयोग गर्न तथा सो अभियानमा सवैलाई सहयोग गर्न अपिल गरेको समेत उनले बताईन् ।

पत्रकार सम्मेलनमा जनमोर्चा नेता शेरबहादुर बिसी, सागर केसी, थम्मन केसी, सकुन्तला राना, देवेन्द« कुवर तथा अभियानमा खटिएका सम्पुर्ण टिम सहितका नेता कार्यकर्ताहरु गोपाल भट्टराई, अशोक खनाल सहितका कृशाशिल पत्रकारहरुको उपस्थिीती रहेको थियो । पत्रकार सम्मेलन कार्यक्रम प्रगतीशिल पत्रकार संघका जिल्ला अध्यक्ष जितेन्द« खत्रीको अध्यक्षता, बसन्त खड्काकोे संचालन र भगवता पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया