भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास दैलेखको ज्ञापनपत्र

दैलेख । बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीलाई बास नेपाल दैलेख शाखाले ज्ञापनपत्र बुझाएको छ । बिहीबार एक कार्यक्रका बिच दैलेख शाखाले दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई ज्ञापनपत्र बुझाएको हो ।

भ्रष्टाचार रोक्न भन्दै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाइएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा नै भ्रष्टाचार नियन्त्रण गर्न ध्यानाकर्षणसहित १० बुँदे ज्ञापनपत्र बुझाएको बास नेपाल दैलेखका अध्यक्ष हिक्मत बुढाले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउनु अघि ज्ञापनपत्र बासका सदस्य जंग बोगटीले पढेर सुनाएका थिए । बास नेपाल केन्द्रिय कार्यालयको परिपत्र अनुसार दैलेख शाखाले पनि ज्ञापनपत्र बुझाएको छ, बास नेपालले विहिबार नै ७७ जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको जनाएको छ ।

प्रतिक्रिया