बाँके–कोहलपुर । नेकपा एकीकृत (समाजवादी) कोहलपुर नगर कमिटीले ३०औँ मदन–आश्रति स्मृति दिवसको अवसर पारेर मदन–आश्रतिले नेपाली कमनिष्ट आन्दोलनमा पुर्याउएको योगदानका बारेमा आफ्ना पार्टीका सदस्यहरुबीच अन्तरक्रिया कार्यक्रमको आयोजाना गरेको छ ।
उक्त कार्यक्रम नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइरालाले मदन भण्डारीले टुक्राटुक्रा, झुन्ड, बिचार समूहमा रहेका कम्युनिष्ट घटकहरुलाई संगठानीक, बैचारिकरुपमाएक गराएको, पार्टीलाई नीति तथा विधिमा चलाउने परिपाटीमा विकास गरेको बताए ।
साथै, मदनले पार्टीका कार्यकर्ता तथा नेता सबैमा अनुशासन जीवन शैली अपनाउन सिकाएकोले नै कम्युनिष्ट आन्दोलन बलियो भएको नेता कोइरालाले प्रष्ट पारे । अहिले कम्युनिष्ट पार्टीमा व्यक्तिको देवत्वकरण गर्ने, पार्टीको बिचार, सिद्धान्त र अनुशासनबाट विचलित हुँदा कम्युनिष्ट आन्दोलन नै कमजोर भएको उनले बताए ।
तसर्थ मदन–आश्रतिले देखाएको नेपाल कम्युनिष्ट आन्दोलनको बाटोलाइ अझ परिस्कृत गर्दै अगाडि बढ्नुपर्ने उनले बताए । तत्कालीन नेकपा एमालेका माहासचिव मदन भण्डारी र पार्टी संगठन विभागका प्रमुख जिवराज आश्रतिको २०५० जेठ ३ गते दासढंगा गाडी दुर्घटनामा मृत्यु भएको थियो । सोही दिनको सम्झनामा आज ‘मदन–आश्रति’ स्मृति दिवस मनाइएको हो ।
उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सदस्य रामकृष्ण विक, केशकुमारी भुसाल, जिल्ला कमिटी सचिवालय सदस्य नारायणी वली, प्रेमिका शाही, मञ्जु कोइराला लगायत नगरकमिटी पदाधिकारी, सदस्यलगायको सहभागिता रहेको नेकपा एकीकृत समाजावादी बाँके प्रचार विभाग उपप्रमुख लोकनाथ शर्माले दिए ।
नगर अध्यक्ष शिव डाँगीको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन नगर सचिव तेजप्रसाद अधिकारीले गरेका थिए ।
प्रतिक्रिया