पाँचथर । जिल्लाको फालेलुङ गाउँपालिका– ३ मा रहेको भेडा फर्ममा चटयाङ लागेर ५४ वटा भेडाको मृत्यु भएको छ । चट्याङ लागेर स्थानीय प्रकाश राई, टेकबहादुर गुरुङ र सुरेन्द्र आङबोको फर्ममा ५४ भेडाको मृत्यु हुनुका साथै १२ वटा घाइते भएका छन् ।
साथै, उक्त भेडा फर्ममा काम गर्ने याङवरक– ३ निवासी युवक प्रेम राई सख्त घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरले दिएको जानकारी अनुसार राईलाई शरीरमा बाहिरी चोट नदेखिए पनि शरीरको दाहिने पाटो नचल्ने र बोल्न नसक्ने अवस्थामा फेला पारिएको थियो ।
घाइते राइलाई उपचारका लागि फालेलुङ स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए । भेडा मर्दा किसानलाई १५ लाखभन्दा बढी क्षति भएको अनुमान गरिएको छ ।
प्रतिक्रिया