बझाङमा गहुँबालीको अवस्थाबारे अनुगमन

बझाङ । बझाङ जिल्लामा गहुँबालीको अवस्थाबारे अनुगमन गरिएको छ । शनिबार जिल्ला कृषि ज्ञान केन्द्र बझाङ र कृषि अनुसन्धान निर्देशनालय डोटीका निर्देशक मथुरा यादव लगायतको टोलीले बझाङ जिल्लामा गहुँ उत्पादन हुने क्षेत्रहरुमा गहुँबालीको अवस्थाबारे अनुगमन गरिएको छ ।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ को रुइनाबगर, वडा नम्बर ४ गोलाई, वडा नम्बर ९ को देबल ज्युलो र केदारस्यु गाँउपालिकाको झोतामा गहुँबालीको अवस्थाबारे अनुगमन गरिएको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ ।

अनुगमनका क्रममा गहुँबालीको अवस्था के कस्तो छ, आगामी दिनहरुमा गहुँबालीमा कसरी अध्यन गर्न सकिन्छ, अनुसन्धानका क्रममा कसरी अगाडि बढ्ने र गहुँबालीमा जिल्लालाई कसरी आत्मनिर्भर बनाउने भन्नेवारे किसानहरुको धारणा बुझ्ने काम भएको जिल्ला कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले बताए ।

कार्यलय प्रमुख विष्टले बझाङ जिल्लामा गहुवालीमा फाटफुट रोग लाग्ने गरेको र जिल्लाका अधिकांश किसानहरुले गहुँ छर्ने बेला बाक्लो लगाउने गरेको बाली काँचो काट्ने गरेको, गहुँबालीमा आवश्यक पर्ने समयमा सिँचाईको लागी पानी नआउने समस्या हुने गरेको र जिल्लाको उच्च भेगका भामचौर, चुवाबन, बुडखोरि, लटौन तथा साईपालको काँडा क्षेत्रमा गहुँ जेठमा पाक्ने भएकाले गहुँ काट्न र चुट्न असाध्यै कठिन हुने गरेको र जिल्लामा उत्पादन हुने मुडुले जातको गहुँको बिउ परीक्षणका लागि आग्रह गरेको बताए ।

बझाङ जिल्लामा करीव १४ सय हेक्टर क्षेत्रफलमा गहुँखेती गरिने गरेको छ ।

प्रतिक्रिया