उपचुनावपछि पार्टी ‘मर्ज’बारे छलफल हुन्छ : रमेश खरेल

काठमाडौं । पूर्वडीआईजी तथा राष्ट्रिय सुशासान पार्टीका अध्यक्ष रमेश खरेलले उपनिर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी नै समाहित गर्नेबारे छलफल हुने बताएका छन् ।

बिहीबार मात्रै राष्ट्रि स्वतन्त्र पार्टीबाट बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचन लड्ने घोषणा गरेका खरेलले पार्टी नै गाभ्न प्रस्ताव आएको बताए ।

‘एक्लै पनि अगाडि बढ्न नसकिने होइन, अहिले प्रस्ताव आएको छ। छलफल भइरहेको छ हेरौं के हुन्छ। पार्टी मर्जको कुरा पनि आएको छ, सल्लाह गर्नुपर्ने छ । अहिलेचाहिँ उपनिर्वाचनलाई फोकस गर्छौं’, खरेलले शुक्रबार बिहान नेपालखबरसँग भने ।

आफूसँगै सुशासन पार्टीमा रहेका नेता/कार्यकर्तालाई समेट्ने विषयमा सहमति भए पार्टी मर्ज हुने खरेलले बताए ।

रास्वपामा जाने निर्णयमा कसरी पुग्नुभयो त भन्ने प्रश्नमा खरेलले भने, ‘सरसल्लाह भयो । सबैको मिश्रित प्रतिक्रिया आयो । एक्लै यहाँका स्थापित पार्टीसँग प्रतिस्पर्धा गर्न पनि गाह्रो छ । यो पालि चुनावमा पनि देखिहालियो ।’

प्रतिक्रिया