बैठकमा सांसद हाजिर गरेर हिँड्ने प्रवृत्ति भयो : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद् बैठकमा सांसद्को संख्या न्यून देखिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले संसदमा हाजिर गर्ने र हिँड्ने प्रवृत्ति देखिएको बताए ।

‘प्रधानमन्त्री विशेष कामले बाहिर हुनुहुन्छ होला, प्रतिपक्षी दलको पहिलो, दोस्रो, तेस्रो, चौथो लहरको कुर्सी खाली छ, अन्त पनि पहिलो र दोस्रो लहरका कुर्सीमा सांसदहरु हुनुहुन्न’, उनले भने, ‘संसद हाजिर गर्ने र हिँड्ने (हाटा) माध्यम नबनोस् ।’

प्रतिक्रिया