प्रकाश ज्वालालाई मन्त्री बनाउँदै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) आफ्ना पार्टीका सांसद प्रकाश ज्वालालाई मन्त्री बनाउँने भएको छ । एकीकृत समाजवादीले आफ्ना सांसद ज्वालालाई सरकारमा पठाउन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्ने एक जनाको नाम मागेपछि एकीकृत समाजवादीको बैठकले ज्वालालाई सरकारमा पठाउने निर्णय गरेको पार्टीका सम्मानित नेता झलनाथ खनालले बताए । उनी आजै मन्त्री नियुक्त हुने बताइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय समाजवादीको भागमा परेको बताइएको छ । एकीकृत समाजवादीबाट सरकारमा जाने अरुको भने टुंगो लागिसकेको छैन ।

भौतिक योजना मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नारायणकाजी श्रेष्ठलाई गृहमा पठाएर ज्वालालाई सो मन्त्रालय दिन लागिएको बुझिएको छ ।

सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालयको भागबण्डा मिलिनसकेकोले दलहरुले सरकारमा जानेहरुको नाम सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया