दादुराबाट सर्तक रहन आह्वान

काठमाडौ । ललितपुर महानगरपालिका वडा नं १ कोपुण्डोलका विभिन्न विद्यालयमा दादुरा रोगको शंकास्पद विरामी भेटिए पनि सर्तक रहन आब्हान गरिएको छ । हालसम्म लक्षण देखिएका १० जना विद्यार्थीको रिर्पोट परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र पाटन अस्पतालमा पठाइएको छ ।


ललितपुर महानगरपालिका १ वडाका वडा अध्यक्ष निर्मल तण्डुकारको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दादुरा रोग नियन्त्रण तथा रोकथामको लागि स्वास्थ्यकर्मी परिचालन, तथ्यांक संकलन, औषधीको व्यवस्थापन, जनचेतनाको कार्यक्रम अघि बढाउने निर्णय गरिएको थियो । उक्त बैठकमा ललितपुर महानगरपालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक राजु महर्जन, जनस्वास्थ्य अधिकृत सरिता महर्जन, नाइटिँगेल स्कुल र नार्गाजुरा एकेडेमीका प्रिन्सिपल लगायत सरोकारवाला निकायका पदाधिकारीको उपस्थिती रहेको थियो ।

दादुरा रुवेलाको महामारीलाई नियन्त्रण तथा रोकथाम गर्नको लागि विरामी देखिएका विद्यालय बन्द गर्ने तयारी समेत भईरहेको जनाइएको छ । आधारभूत स्वास्थ्य केन्द्र १ वडाका प्रमुख मघुकरमणी आचार्यका अनुसार दादुरा सरुवा रोग भएको हुँदा यसको लक्षण देखिएमा छुट्टै आइसोलेसन बस्न र तत्काल वडामा जानकारी गराईदिन समेत अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया