बझाङका सडक कालोपत्रे र अपग्रेडिङ हुँदै

बझाङ । जिल्लाका तीन ओटा सडक खण्डको कालोपत्रे र ६ ओटा सडक खण्डको अपग्रेडिङको काम धमाधम भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७९÷८० मा बझाङ जिल्लाका नगरपालिका तथा गाउँपालिकासम्म सडक सञ्जाल जोड्ने ती सडक खण्डहरूलाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको थियो ।

बझाङ जिल्लाको दुई ओटा नगरपालिका र १० ओटा गाउँपालिकाको केन्द्रसम्म जोड्ने र पालिकाका विभिन्न गाउँहरूमा जोड्ने ती सडकको कालो पत्रे र अपग्रेडिङको काम धमाधम भइरहेको र पूर्वाधार विकास कार्यालयका निमित्त कार्यालय प्रमुख नृपराज जोशीले बताए ।


निमित्त कार्यालय प्रमुख जोशीका अनुसार लागि सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयले जिल्लाका मुख्य १० ओटा सडकलाई प्राथमिकतामा राखी एक सडक खण्डमा एक करोड रुपैयाँदेखि १५ करोडभन्दा बढी रकम विनियोजन भएको खडक निर्माणको काम धमाधम भइरहेको बताए ।

जिल्लाको बुगल नगरपालिका जोड्ने बागथला विजगडा कफलसेरी, सडक दुर्गाथली गाउँपालिका जोड्ने मोरीबगर चौधारी छविसपाथिभरा र सुर्मा गाउँपालिका जोड्ने दम्दुर कुचा सुर्मा सडकको कालोपत्रे गरिने र विथ्थड सुईलेख पाताल विजगडा, जडार झनाना, पानकोट जडार कुचेखोला सिल्कावाडा लम्तडा , रिठापाटा सुर्मा सडकलाई अपग्रेडिङको काम भइरहेको र तलकोट खडक खण्डको ट्रयाक ओपनको काम भइरहेको छ ।

स्थानीयहरूका अनुसार १० ओटा सडक खण्डको काम दु्रत गतीका भए गाउँमा उत्पादन भएको आलु कोदो फाफर लगायतका सामानहरू सदरमुकाम चैनपुरबाहेक डडेल्धुरा महेन्द्रनगर धनगढी लगायतका बजारमा सजिलै निर्यात गर्न सकिने अपेक्षा लिएका छन् ।

प्रतिक्रिया