सरकारमा जाने तयारीबारे एकीकृत समाजवादीको कार्यदल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न तीन नेताको कार्यदल बनाएको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनकाका अनुसार कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो ।

आजको बैठकमा सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्षहरु राजेन्द्रप्रसाद पाण्डे, केशवलाल श्रेष्ठ, जयन्ती राई, डा। बेदुराम भुसाल, महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधर र प्रवक्ता जगन्नाथ खतिवडा सहभागी थिए ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको समाजवादीले सरकारमा जाने तयारी गरेको छ ।

त्यही तयारीका लागि उसले अध्यक्ष नेपाल नेतृत्वमा कार्यदल बनाएको हो। प्रचण्डलाई विश्वासको मत दिइसकेकाले आजको बैठकबाट सरकारमा जाने निर्णय लिने तयारी छ ।

प्रतिक्रिया