तेह्रौ राष्ट्रपति रनिङ शिल्ड : जयपृथ्वी नगरपालिका प्रथम

बझाङ । तेह्रौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ मा जयपृथ्वी नगरपालिका प्रथम भएको छ । सत्यवादी माध्यामिक विध्यालय भोपुरमा शनिवारदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा बझाङ जिल्लाका १२ ओटा स्थानीय तहबाट सहभागी खेलाडी विद्यार्थीलाई आज पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा जयपृथ्वी नगरपालिकाले ८ स्वर्ण, ४ रजत र ३ कास्यसहित १५ पदकमा विजयी भई प्रथम भएको हासिल गरेको छ । ६ स्वर्ण ६ रजत र ४ कास्य गरी १६ पदक जितको केदारस्यु गाँउपालिका दोस्रो स्थान हात पार्न सफल भएको छ, भने ६ स्वर्ण, ४ रजत, ४ कास्य गरी १४ पदक जितेर वुंगल नगरपालिका तेस्रो स्थान हासिल गर्यो । त्यसैगरी बित्थडचिर गाउपालिकाले ४ स्वर्ण ४ रजत ५ कास्य सहित चौथो स्थान हात पार्न सफल भएको छ ।

प्रतियोगितामा क्रमसह छबिसपाथिभेरा गाउँपालिकाले २ स्वण,२ रजत र ७ कास्य गरी ११ पदक प्राप्त गरेको छ, भने सुर्मा गाउँपालिकाले १ स्वर्ण २ रजत थलारा गाउँपालिकाले १ रजत २ कास्य,साईपाल गाउँपालिकाले १ स्वर्ण, तलकोट गाउँपालिकाले २ रजत २ कास्य तथा दुर्गाथली गाउँपालिकाले २स्वर्ण २ रजत १ कास्य पदक हात पारेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय र हुने र उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी र पालिकाहरूलाई मेडल, प्रमाणपत्र र सिल्ड प्रदान गरेर सम्मानित गरिएको छ ।


प्रतियोगितामा जिल्लाका १२ ओटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुस्पलाल रोकाया ज्वालाको अध्यक्षतामा आयोजित समारोहमा जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा, जयपृथ्बी नगरपालिकाका नगर प्रमुख प्रमुख चेतराज वजाललगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा छात्र–छात्रा भलिबल, एथलेटिक्स र छात्र–छात्रा कबड्डीलगायतका अन्य खेलहरु सञ्चालन गरिएको गरीएको थियो ।

प्रतिक्रिया