फिदिम नगरपालिका– २ का किसानले पाए निःशुल्क मकैको बिउ

पाँचथर । फिदिम नगरपालिका– २ ले बिउ मकै , मकै किसानहरुलाई निःशुल्क मकैको बिउ वितरण गरेको छ । वडा नम्बर २ को वार्षीक २०७९–०८० को बजेटबाट निःशुल्क मकैको वितरण गरिएको वडाध्यक्ष दिननाथ अधिकारीले बताए ।

वडा कार्यालयको ४ लाख ४५ हजार २ सय ५० रुपैयाँ बराबर मूल्यको खरिद गरिएको उनले जानकारी दिए । सेतो मनकामना जातको मकै किसानले धमाधम लगिरहेका छन् । उक्त वडाका ८ सय २५ घर सो मकैको बिउबाट लाभान्वित हुने वडा कार्यालयले जनाएको छ ।

प्रत्येक घर परिवारले तीन किलोका दरले वितरण केन्द्र विशाल एग्रो भेटबाट वडाको कुपनमार्फत मकै निःशुल्क लगेका छन् । वडाको अघिल्लो निर्वाचित समितिले बिउविजन ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको थियो ।

प्रतिक्रिया