व्यवस्थापन समितिका अध्यक्षकै कारण विद्यालय ऋणमा

बझाङ । बझाङको एक सामुदायीक विद्यालय, विद्यालय व्यवस्थापन समितिका लापरवाहीका कारण ऋणमा डुबेको छ । जिल्लाको थलारा गाँउपालिकामा– ३ मा रहेको नवरत्न प्राथमिक विद्यालय, विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै कारण ऋणमा डुबेको हो ।

त्यहाँका स्थानीयहरुका भनाई अनुसार सुरु–सुरुका दिनहरुमा विद्यालय पनि राम्रो नै चलेको थियो । कुनै पनि निकायबाट विद्यालय निर्माणको लागि रकम आउँदा आफूहरु सबै मिलेर काम गर्ने गरेको र स्कुलको पठनपाठ राम्रो नै चलेको स्थानीयहरुको भनाइ छ ।

जब सुदूरपश्चि प्रदेश सरकारबाट विद्यालयको भौतिक संरचना निर्माणका लागि बजेट आउन थालेको र त्यहाँदेखि विद्यालयमा राजनीतिकरण सुरु हुन थालेको स्थानीयहरुको गुनासो छ ।

आर्थिक वर्ष २०८९–०८० मा सुदूरपश्चिम प्रदेश सरकारबाट दुईकोठे भवन निर्माणका लागि २२ लाख रुपैयाँ बजेट विद्यालय व्यवस्थापन समिति प्रधानाध्यापक र स्थानीयहरु मिलेर प्रदेश सरकारबाट आएको रकमलाई कसरी सदुपयोग गरी विद्यालयको भौतिक विकास सँगसँगै पढाईलाई पनि कसरी राम्रो गर्न सकिन्छ भन्ने बारेमा बैठक बसेको थियो ।

उक्त बैठकमा सबैको सहमतिमा २ लाख रुपैयाँ विद्यालयको खातामा जम्मा गर्ने र बाँकी रहेको २० लाख रुपैयाँ दुईकोठे पक्की भवन निर्माणलाई छुट्याउने भन्ने निर्णय भएको थियो ।

निर्माण भएको विद्यालय भवन हस्तान्तरणको बैठकमा भवन निर्माणको बेला कति खर्च भयो ? स्टमेट अनुसार काम भयो कि भएन भन्ने बारेमा सोधपुछ गर्दा, भवन निर्माणको लागि आएको रकम भन्दा बढी उल्टै ५ लाख ५६ हजार विद्यालयले तिर्नुपर्ने देखिएपछि स्थानीयहरुले विरोध जनाए ।

स्थानीयहरुले विद्यालय निर्माणका क्रममा घाटा भएको रकम समिति तथा प्रधानाध्यापकले तिर्नुपर्ने अडान लिएपछि विद्यालय बेवारीसे बनेको छ । उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण नेपाली भने भवन निर्माणका क्रममा पाँच लाख ६२ हजार घाटा भयो, आफूले भवन निर्माणमा त्यती ध्यान दिइएन अब के गरु त ? भन्ने जवाफ फर्काए ।

त्यस्तै प्रधानाध्यापक रामबहादुर सिंहसँग कुरा गर्दा अध्यक्षले भवन निर्माणमा ध्यान नदिएको र विद्यालयको खातामा रकम नभएको बताए । उनले भने, ‘पैसा तिर्ने टुंगो नहुँदा विद्यालय विव्यस समिति गठन हुन सकेन ।’

थलारा गाँउपालिकाकाको शिक्षा शाखाले भदौ २४ गतेभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न भनी परिपत्र गरे पनि सात महिना बितिसक्दासम्म नयाँ विध्यालय व्यावस्थापन समिती गठन हुन सकेको छैन ।

उता थलारा गाँउपालिका शिक्षा साखा हर्क रोकाले भने शिक्षा शाखाले सवद्यालय व्यावस्थापन समिति गठन गर भनेर परिपत्र गर्ने र बाँकी सबै काम समुदायको हातमा रहेको हुँदा त्यसमा आफूले केही पर्न गर्न नसक्ने र सरुवा बढुवा गर्दा उनैलाई घाटा हुने उनले गैर जिम्मेवारपूर्ण जवाफ दिए ।

प्रतिक्रिया