याे ‘खिचडी’ सरकारले हित गर्दैन : अम्मर थापा

दैलेख । नेकपा एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले खिचडी सरकारले हित गर्न नसक्ने बताएका छन् । बुधवार नेकपा एकीकृत समाजवादी दैलेखले गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले यस्तो बताएका हुन् । पत्रकारहरूकाे प्रश्नहरूको जवाफ दिँदै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश कमिटी अध्यक्ष अम्मरबहादुर थापाले सरकारले बिजनेस दिन नसकेको आरोप लगाए । उनले भने, ‘अहिलेको सरकार खिचडी सरकार भएकाले यो सरकारले बिजनेस दिन यो सरकारमा सबैको बिचार मिल्दैन राजा फाल्नुपर्छ भन्ने र राजा ल्याउनुपर्छ भन्ने सबै एकै ठाउँमा भएकोले कसरी काम गर्ने उनीहरूको चिन्ताको विषय भएको छ ।’

माधव नेपाललाई राष्ट्रपति दिए एमालेसँग एकता गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनेका छन्, ‘अहिलेको परिस्थिति भनेको राष्ट्रिय सहमति हो जसरी संविधान बनाउँदा सबै दलहरू एकजुट थिए त्यसैसरि अहिले पनि एक ठाउँमा हुनुपर्छ । एमालेसँग अहिले एकता हुदैन् एमालेले विगतमा गरेको कमजोरी स्विकार्दै आएमा एकता हुने कुरालाई कुनै नयाँ मान्न सकिदैन हाम्रो धारण भनेको सबै कमनियुष्ट पार्टी एकै ठाउँमा हुनुपर्छ भन्ने नै हो । तर राष्ट्रपति लागि अहिले एकता हुदैन् ।’

दैलेखका सञ्चारकर्मीहरूलाई आफ्नो पार्टीको समसामायीक धारण तथा पार्टीले गर्न लागेका कामको बारेमा जानकारी दिनको लागि बुधवार पत्रकार सम्मेलन गरिएको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बरुनाथ योगीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार–देशमा बढ्दै गएको आर्थिक सङ्कट महँगी कालोबजारी र भ्रष्टाचारी विरुद्ध तत्काल सरकारसँग पहल गर्ने, बैङ्क तथा लघुवित्त संस्थाको चर्को ब्याजदरको ऋणले सर्वसाधारण किसानहरू माथि भएको ‘शोषणको विरोध गर्दै तत्काल अन्त्य गर्न सरकारसँग माग गर्ने, स्थानीय तहमा हुने ढिला सुस्ती भ्रष्ट्राचार अनियमित तत्काल रोक्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग जोडदार माग गर्ने, गुठी सम्बन्धी समस्या समाधान गर्न नेपाल सरकार सँग माग गर्ने, सबै प्रकारका सामाजिक विभेद असमानताको अन्त्य गर्दै तत्काल प्रभावकारी कार्यक्रम ल्याउन र सरकारसँग माग गर्ने, रोजगारीको प्रमुख सम्भावना बोकेको किसानले स्वदेशमै उत्पादन गरेको बस्तुको बजारीकरण गर्नका स्थानीय, प्रदेश र सङ्घ सरकारसँग जोडदार माग गर्ने, जिल्लामा सार्वजनिक यातायात र अन्य सवारी साधनहरूले मनपरी भाडा असुल्ने गरेकाले तत्काल भाडा दर कायम गरी लागु गराउन जोडदार माग गर्ने जिल्ला कमिटी दैलेखले ७ वटा बुँदामा सवालहरू उठान गर्ने गरी निर्णय गरेको छ ।

प्रतिक्रिया