अर्घाखाँची । विभिन्न चुनौतीहरूको बिचमा सम्भावनाहरूको खोजी गर्दै समृद्धिको आधार साकार पार्दे लुम्बिनी प्रदेशलाई आगामी पाँच वर्षमै समृद्ध प्रदेशको रूपमा विकास गरेर अगाडि बढ्ने लुम्बिनी प्रदेश सरकारका खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्री चेतनारायण आचार्यले बताए ।
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा मन्त्री आचार्यले यस्तो बताएका हुन् ।
मन्त्री आचार्यले प्रदेश सरकारको यो कार्यकालमै एक घर एक धारालाई अभियानकै रूपमा अगाडि बढाई सबै जनताको घरमा खानेपानी अनिवार्य रूपमा पुराउने भन्दै खानेपानीका सवै योजनाहरूलाई प्राथमिकताका आधारमा विशेष योजनाका साथ अगाडि बढाउने बताए ।
मन्त्री आर्चाले भने, ‘हाम्रो लुम्बिनी प्रदेश मिनी नेपालको रूपमा विकास गर्नेछौँ, कृषि र पर्यटन क्षेत्रमा प्रदेशभित्र धेरै प्रर्याप्त सम्भावानाहरू भएको प्रदेश हो, मुख्यतया कृषिको अवस्थालाई सुधार गरी, कृषकलाई विगतको परम्परागत पेसाबाट भन्दा माथि उठाउने, कृषिलाई उद्योगसँग जोड्ने, पर्यटकसँग जोड्ने र पर्यटनमा धेरै राम्रो सम्भावना छ । त्यस्तै हामीसँग धार्मिक तथा विभिन्न खालको पर्यटकीय स्थलहरू छन्, पर्यटकीय हिसाबले प्रर्याप्त रमाउने ठाउँहरू छन्, उच्च पर्वतीय शृंखलाहरू छन्, यो जोड्दा जलवायु धार्मिक रमणीयताका सबै हिसाबले हामीहरूले पर्यटनलाई अगाडि बढाउन सक्छौँ तसर्थ पर्यटनमा आधारित अर्थत्रन्त्रको विकास गर्ने गरी अगाडि बढ्नेछौँ ।’
दैनिकजसो रोजगारीका लागी युवाहरू विदेशी भूमीमा गई श्रम बेचिरहेका छन्, युवाहरूको श्रम, सीप र सिर्जनालाई हाम्रो देशमा नै जोडी उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गरेर अगाडि बढ्नुपर्ने आजको मुख्य आवश्यकता हो, आर्थिक विकास र रोजगारीलाई केन्द्र भागमै राखेर काम गर्नेछौँ, जनताको भावना र आवश्यकता नै हाम्रो प्राथमिकता हो मन्त्री आचार्यले भने ।
भौतिक विकासले मात्र समग्र विकास नहुने भन्दै आर्थिक तथा सामाजिक विकासको कामलाई जनताले देख्ने र अनुभूति गर्ने गरी अबको दिनहरूमा प्राथमिकताका साथ काम गर्ने मन्त्री आचार्यले बताए ।
मन्त्री आचार्यले प्राविधि, वैज्ञानिक, आधुनिक र सीपयुतm शिक्षा आजको आवश्यकता भएको बताए । प्रदेश विश्वविद्यालय स्थापना गर्ने काम अगाडि बढाइएको भन्दै आचार्यले सबैलाई प्राविधिक शिक्षासँग जोडी सीपयुक्त बनाई दक्ष जनशक्ती उत्पादन गरी स्वरोजगार बनाउने उत्पादनमुखी गुणस्तर सहितको शिक्षाको विकास गर्न लागेको बताए ।
स्वास्थ्य मानिसका निकै संवेदनशील र अनिवार्य आवश्यकता भएको हुँदा अस्पतालहरूको भौतिक स्तरवृद्धिसँगै प्रविधि र विशेषज्ञता सेवालाई समेत प्राथमिकताका साथ अगाडि बढाउने आचार्यले बताए ।
पत्रकार भेटघाट कार्यक्रममा एमाले अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्वर भुसाल, एमाले जिल्ला नेताहरू लिलबहादुर विक, श्रीकृष्ण भुसाल, पत्रकार महासंघका पूर्वअध्यक्ष शोभाखर पन्थी, प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रम पत्रकार मंहासंघका जिल्ला अध्यक्ष अशोक खनालको अध्यक्षता ,सहसचिव हृदय भुसालको स्वागत मन्तव्य तथा सचिव बिनोद गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया