पाँचथर । जिल्ला अदालत पाँचथरले विभिन्न अपराधमा दोषी ठहर गरेका प्रतिवादिहरु पक्राउ पर्न थालेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले रेकर्ड अनुसार दोषी ठहर भएर फरार अभियुक्त जम्मा ४ सय ५७ जना रहेको जानकारी दिए ।
यो आर्थिक वर्ष फौजदारी र देवानी मुद्दामा दोषी ठहर भएर फरार प्रतिवादी सबै ३९ जना पक्राउ परिसकेको सूचना अधिकारी राइको भनाइ छ ।
हालै अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेका फरार ३ जना पक्राउ परेका छन् । पक्राउ परेका फालेलुङ गाउँपालिका –७ का सुजन राई, प्रकाश राई, अनिल राई रहेका छन् ।
उनीहरुलाई अदालतले दोषी ठहर गर्दै यस ४ वर्ष ११ महिना १८ दिन जेल भुक्तानको सजाय तोकेको छ । पाँचथरमा डिएसपी हरि खतिवडा सरुवा भएर आएलगत्तै फरार प्रतिवादीहरु पक्राउ परेका हुन् ।
प्रतिक्रिया