‘रास्वपाले उठाएको मागबारे सबै पक्षसँग कुरा हुन्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने उनले बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले समस्याको समाधान हुने बताए । प्रधानमन्त्री दाहालले भने, ‘अहिले मेरो कुरा हुँदैछ, समस्या समाधान हुन्छ ।’

गृह मन्त्रालय आफैँले पाउनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहेका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।

पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आएका छन् । सोही प्रसंगमा प्रधानमन्त्री दाहालले सबै पक्षसँग कुरा हुने बताएका हुन् ।

प्रतिक्रिया