आफूप्रति भइरहेको आलोचनाप्रति रवि लामिछानेको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् ।

उनले बिहीबार फेसबुकमा लेख्दै आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताउँदै आफू अभिमन्यु नभएको बताएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनी हाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला, मेरो मौनता आज सम्मका लागि मात्रै हो । म अभिमन्यु होइन ।’

यद्यपि, पार्टीको संकल्पविपरीत चोर बाटोबाट मन्त्री बन्न लागेको तथा पासपोर्ट दुरुपयोगबारे अनुसन्धान जारी रहेका बेला स्वार्थ बाझिने गरी तालुकदार मन्त्रालयमा फर्कन लागेको भन्दै उनको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया