विउ उत्पादन तथा गुणस्तरीयसम्बन्धी एक दिने तालिम सम्मपन्न

बझाङ । जिल्लाको छविस पाथिभरा गाँउपालिका– १ भण्डारी गाँउमा विउ उत्पादन तथा गुणस्तरीयसम्बन्धी एकदिने स्थलगत तालिम सम्मपन्न भएको छ ।

बुधबार एक कार्यक्रमका बिच उक्त कार्यक्रम सम्मपन्न भएको जिल्ला कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेकबहादुर विष्टले बताए ।

कार्यालय प्रमुख विष्टका अनुसार विउविजन प्रयोगशाला कञ्चनपुरले विउ उत्पान गर्ने समूहलाई गुणस्तरीय विउ कसरी उत्पादन गर्ने, विउ उत्पादनमा आत्मनिर्भर कसरी बन्ने, र बझाङ जिल्लालाई विउ उत्पादनमा कसरी आत्मनिर्भर बन्ने भन्ने बारेमा कृषकहरुलाई तालिम दिएको हो ।

उक्त कार्यक्रममा विउविजन प्रयोगशाला कञ्चनपुरका कार्यालय प्रमुख शिद्धराज उपाध्याए, जिल्ला कृषि ज्ञान केन्द्र बझाङका दिपेश कठायतलागयत समूहमा आवद्ध २६ जना कृषकहरुको सहभागिता रहेको थियो । उक्त समूहले ४० रोपनी जग्गामा जौको विउ उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया