जगदम्बा स्टील्सको जस्तापाताको मागमा बृद्धि

काठमाडौ । जगदम्बा स्टील्स जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस जस्ता पाताको मागमा बृद्धि भएको छ । जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्सलाई ग्याल्भाल्युम पनि भन्ने गरिएको छ ।

यसमा ५५ प्रतिशत एलुमिनियम, ४३ दशमलव ५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता हो । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँने पनि कम्पनीले जनाएको छ ।

रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धि सहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको पनि जनाएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएसः १९१ ले गुणस्तर व्यवस्थापन प्रणाली र वातावरण व्यवस्थापन प्रणालीलाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्ने जनाएको छ । जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दिगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टील उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया