पाँचथर । फिदिम नगरपालिका– २ का ३० जना महिलाहरुलाई दश दिने साबुन बनाउने तालिम लिएका छन् । उनीहरुलाई फिदिम नगरपालिका– २ ले साबुन बनाउने तालिम दिएर सम्पन्न भएको जनाएको छ ।
उक्त तालिमलाई धनकुटाका ज्ञाननकुमार राईले सहजिकरण गरेका थिए । सो तालिम वडाको ३ लाख बजेटबाट सोमबार सम्पन्न भएको वडा सदस्य नविन ओझाले जानकारी दिए । उक्त वडाको उद्यमसिल महिलाको लागि साबुन बनाउने तालिमअन्तर्गत सञ्चालन गरिएको बताइएको छ ।
तालिम समापन समारोहलाई नेम्वाङ सिलाइकटाई तथा प्रशीक्षण सेन्टर फर्मकी प्रोप्राइटर लक्ष्मी नेम्वाङको अध्यक्षमा भएको हो । उक्त समारोहमा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही कार्यक्रममा प्रशीक्षक तथा नगरप्रमुख काफ्ले, कार्यकारी प्रमुख गणेश दाहाललाई मायाको प्रदान गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख काफ्लेले तालिममा सहभागीहरुलाई नगरपालिकाले उद्योगी र शक्षम बनाइ सुलभ रिण उपलब्ध गराउने बताए । कार्यक्रम समापनमा वडाध्यक्ष दिननाथ अधिकारीले पनि आफ्नो भनाइ राखेका थिए ।
प्रतिक्रिया