विश्वकप लिग–२ का लागि २८ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले बोलाएको टिममा पूर्व कप्तान सन्दीप लामिछाने भने परेका छैनन् । बलात्कारको आरोप लागेका लामिछाने धरौटीमा रिहा भएका छन् । क्यानले सन्दीपलाई टिममा फर्काउन पहल गर्ने भनेपनि २८ जनाको टिममा बोलाएको छैन ।

नेपाल, नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृङ्खला फेब्रुअरी १४ देखि २१ सम्म हुनेछ ।
क्यानले बन्द प्रशिक्षणमा बोलाएका खेलाडी

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, आरिफ शेख, दीपेन्द्रसिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललितनारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सुर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, बिक्रम सोब, भुबन कार्की, अंकित सुवेदी ।

प्रतिक्रिया