प्रशासन कार्यालयबाट टाइमकार्ड सेवा सुरु

अर्घाखाँची । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीद्वारा जनसेवालाई छिटो छरितो चुस्तदुरुस्त बनाउन विद्युतीय माध्यमबाट टोकन सेवा प्रणालीको प्रमुख जिल्ला अधिकारी शशिधर धिमिरेले पहिलो टाइम कार्ड सेवाग्राहीलाई वितरण गरी मंगलबारबाट सो सेवाको थालनी गरिएको छ । सेवाप्रवाहलाई व्यवस्थित गरेको, टोकन प्रणाली तथा समयसँग आवद्ध गर्ने गरी यो सेवा १० माघबाट नै शुभारम्भ गरिएको हो । सेवालाई थप प्रभावकारी, नतिजामुलक, अनुसाशनयोग्य बनाई, आमनागरिकसमक्ष पु¥याउनका लागि सेवाले महत्वपूर्ण भूमिका खेल्ने जिल्ला प्रशासनका प्रशासकीय अधिकृत नुमलाल पन्थीले बताए ।

सेवाप्रवाहलाई सहज, सरल, अझ शीघ्र, भरपर्दो र विश्वासिलो नागरिक मैत्री बनाउनका लागि सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकाको आर्थिक सहयोमा सो सेवा सुरुआत गरेको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए ।

प्रजिअ घिमिरेले भने, ‘यसअघि पनि समयमै राम्रो सेवा दिएका थियौँ, अब एक घण्टाभित्र नागरिकता दिन्छौँ, नागरिकताको प्रतिलिपी अभिलेख हेर्नुपर्ने र संशोधन गर्नुपर्ने भएकोले दुई घण्टा, विद्युतीय राहदानी पनि समयमै दिन्छौँ, संघ संस्था दर्ता नवीकरण पूरा गरेको अवस्थामा एक घण्टामै सेवा दिन्छौँ, नाबालक परिचय पत्र, राष्ट्रिय परिचय पत्र पनि एक घण्टामै दिन्छौँ, अशतm अपांग, ज्येष्ठ नागरिकहरूलाई, प्राथमिकताका साथ विशेष सेवा दिनेछौँ । सेवाग्राही कक्षलाई व्यवस्थित गरी समय कार्ड वितरण गरी सेवा प्रारम्भ गर्दाकै दिनदेखि सेवाग्राहीले सो कार्य प्रभावकारी भएको र नागरिक मैत्री भएको प्रतिक्रिया आएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।

जिल्ला प्रशासनले टोकन कार्डबाट प्रदान गरेको सेवा निकै छिटो भएको सेवाग्राही सन्धिखर्क–१ बस्ने सुमित्रा केसीले बताइन् । उनले भनिन्, ‘तोकिएको समय एक घण्टामै नागरिता बनायौँ । समयको पनि बचत काम पनि छिटो छरितो, यो सेवा राम्रो लाग्यो, अब सेवा लिन धेरै झन्झट हँुदैन, आजबाट सुरु भयो यो सेवा भन्ने थाहा पाएँ । सधैँ यो सेवा हुनुपर्छ ।’ जिल्ला प्रशासनले टाइमकार्ड सेवा सुरु गरेपछि गाउँगाउँबाट समेत आउने नागरिकलाई छिटो छरितो सेवा हुने हँुदा सबै आमनागरिकहरूमा खुसी व्यक्त गरेको प्रतिक्रिया आएको छ ।

प्रतिक्रिया