योजना छनोट पूर्व वडाले थाल्यो सम्भाव्य अध्ययन

प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ६ ले योजना तथा कार्यक्रमको बजेट बिनियोजन गर्नु पूर्व टोल बस्तीबाट आएका योजना तथा कार्यक्रमको सम्भाब्य अध्यायन शुरु गरेको छ । वडा अध्यक्ष धन बहादुर पुनाको नेतृत्वमा वडा सदस्य प्राविधिक र सम्बन्धित योजनाको उपभोक्ताहरुको उपस्थितमा बस्तीस्तरबाट आएका योजनाको आवश्यकता र उक्त योजनामा कुनै बिवाद हो होइन भनेर जानकारी लिन आयोजना स्थलमै पुगेर कार्यक्रमको अध्यायन तथा छलफल थालिको हो ।

बस्ती स्तरबाट आएका योजना तथा कार्यक्रममा अनुसन्धान तथा आवस्यकता पहिचान नगरी बजेट बिनियोजन गर्दा पछि कार्यान्वयन चरणमा विवाद हुने र योजना सम्पन्न गर्न समस्या भएको भन्दै बजेट बिनियोजन गर्नु पुर्वनै समस्या समाधान गर्न र योजानाको आवश्यकता पहिचान गर्न लागिएको वडा अध्यक्ष धनबहादुर पुनले बताए । उनका अनुसार वडा बस्तीबाट छनोट भइ आएका ६१ योजना तथा कार्यक्रमको स्थलगत अनुगम गरिएको बताए । हिउँदे अधिबेशनको लागि पालिकाले वडा कार्यालयलाई २५ लाखको बजेट सिमा भित्र रहेर २८ गते भित्र पालिकामा योजना तथा कार्यक्रम बनाएर पेश गर्नको लागि वडालाई अख्तियारी दिएको छ ।

गाउँबस्तीमा धेरै समस्या रहेका छन् । त्यस्ता सबै समस्याको क्रमागत रुपमा हल गर्दै जाने वडा सदस्य हेमराज भट्टराईले बताए । अनुगमनको क्रममा बस्तीस्तरमा खानेपानी, सिंचाइ, सडक, शिक्षा र स्वास्थ्य लगाएको निकै समस्या रहेकोले क्रमश वडाबाट हुने वडाबाट हल गर्ने र ठुला योजना तथा कार्यक्रमको लागि पालिका हुँदै प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने गरि कार्यक्रम तयार गर्ने वडा अध्यक्ष पुनले जानकारी दिए । अनुगमनमा वडाका प्रतिनिधि मित्रु गिरी, खिमा श्रेष्ठ, राधिका विक, हेमराज भट्टराई लगानी प्राविधिक सम्बन्धित बस्तिका उपभोक्तहरुको उपस्थिति रहेको थियो ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया