पाँचथर । इलाका प्रहरी कार्यालय अमरपुरमा नवनिर्मित भवनको उद्घाटन भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय पाँचथर मातहत हिलिहाङ गाँउपालिका– १ अमरपुरमा रहेको इलाका प्रहरी कार्यालय अमरपुरको नवनिर्मित भवन १ प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, पाँचथर प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाकी उपाध्यक्ष सुमित्रा सेढाई उप्रेती, प्रदेश १ प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक, ईन्जिनियर अनिल राना लगायत जिल्ला सुरक्षा समिति सदस्यहरु, विभिन्न राजनैतिक दलका स्थानीय प्रमुख तथा प्रतिनिधिहरु, सकल दर्जाका सम्पूर्ण प्रहरी कर्मचारी, पूर्वप्रहरी कर्मचारी तथा अमर प्रहरी परीवारलगायत स्थानीय भद्रभलादमीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, पाँचथर प्रमुख जिल्ला अधिकारी गणेश गैरेले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा प्रदेश १ प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक ई. अनिल रानाले भवन निर्माणसम्बन्धी प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यलयलाई सहयोग पुर्याउने हिलिहाङ गाउँपालिका, हिलिहाङ गाउँपालिका अध्यक्ष अधिकारी, स्थानीय समाजसेवी भवानीप्रसाद लिङ्देन तथा एस.ए.एस. कन्स्ट्रक्सन प्रालिका प्रोप्राइटर शैलेन्द्रकुमार कुरूम्वाङलाई प्रशंसापत्र प्रदान गरीएको थियो ।
उक्त नवनिर्मित भवन प्रदेश १ सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित रकम १ करोड ८३ लाख ८८ हजार १९ रूपैँया लागतमा निर्माण सम्पन्न भएको हो ।
प्रतिक्रिया