भवन निर्माणको तीन वर्षपछि १० शैय्याको अस्पताल सञ्चालनमा

दैलेख । जिल्लाको भगवतीमाई गाउँपालिका– ३ को सान्तडामा बनेको १० शैश्याको अस्पताल निर्माण भएको करीब तीन वर्षपछि सञ्चालनमा आएको छ ।

अस्पताल निर्माण भएपछि भगवतीमाई गाउँपालिकाका कुनै पनि बिरामी अकालमा ज्यान नगुमाउन् भन्ने आँकलन गरिरहेका गाउँपालिकाासी नागरिकहरू अस्पताल निमार्णको लामो समयसम्म सञ्चालनमा नआएपछि अस्पताल सञ्चालन नहुने हो की भन्नेमा निराशा थियो ।

गाउँपालिका स्थापना भएपछि विकासमा फड्को मारेको भगवतीमाईमा निर्माण भएको १० शैश्याको अस्पताल भवन अहिलेसम्म अलपत्र देखिन्थ्यो । निर्माणको करिब तीन वर्षसम्म अस्पताल सञ्चालन नहुँदा गाउँपालिकाको कार्यालय अस्पतालतर्फ गम्भीर नभएको चिन्ता व्यक्त गर्दै आएका स्थानीयहरू अस्पताल सञ्चालनमा आएपछि भने खुसी भएको बत्ताउँछन् ।

स्थानीय सरकार गठन भएको एक वर्षको अवधिमा गाउँपालिकाका सबै राजनैतिक दल, नागरिक समाज, सरोकारवाला निकायसँग समन्वय गरी अस्पताल निर्माणका लागि उपयुक्त स्थान भगवतीमाई गाउँपालिका– ३ को सान्तडा छनोट गरी अस्पताल निर्माण गरेको भए पनि अहिलेसम्म अस्पताल सञ्चालनमा नआउँदा बिरामीहरूले दुःख पाइरहेको भगवतीमाई गाउँपालिका– ३ का नरेन्द्रराज रेग्मीले बताए ।

भगवतीमाई गाउँपालिकाले तेस्रो गाउँसभाबाट १० शैश्याको अस्पताल निर्माणका लागि ६७ लाख रुपैयाँ विनियोजन र कर्णाली प्रदेश सरकार आर्थिक तथा योजना मन्त्रालयबाट एक करोड रकम विनियोजन गरी भगवतीमाई गाउँपालिका स्थानीयको स्वास्थ्यलाई ख्याल गर्दै, दैलेख क्षेत्र नम्बर १ (क) का निवर्तमान प्रदेशसभा सदस्य धर्मराज रेग्मीलगायत वडा नम्बर ३ का स्थानीयहरूले १५ रोपनी निःशुल्क दान दिएको जग्गामा आर्थिक वर्ष ०७५–०७६ को पुस मसान्तमा निर्माण कार्य सम्पन्न भएको १० शैयाको अस्पताल आर्थिक वर्ष २०७९–०८० को पुस ८ गतेबाट सेवा सूचारु गरेको छ ।

गाउँपालिकालाई अस्पताल निर्माण भएपछि औपचारिक रूपमा सञ्चालन गर्न विभिन्न अप्ठेरा र चुनौतीहरू आएको भगवतीमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले बताए ।

उनले भने, ‘अस्पताल बनेको केही समयलगत्तै कोभिड महामारीले स्थानीय तहमा आधारभूत अस्पतालको आवश्यकता र महत्व दर्साउँदा नेपाल सरकारको पहलमा गाउँपालिकाको केन्द्र बेस्तडामा सञ्चालनमा आएको कोभिड–१९ अस्पताललाई गाउँपालिकाले १० शैश्याको आधारभूत अस्पतालमा रूपान्तरण गरी वडा नं. ३ सान्तडामा सञ्चालनमा ल्याएको छ, नेपाल सरकारबाट निर्माण गरिने १० शैश्याको अस्पताल भवनको लागि गाउँपालिकाको पर्यत्न सफलता उन्मुख छ, अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न अझै थुप्रै कार्यभार बाँकी नै छ ।’

आगामी दिनमा सबै पक्षको सकारात्मक सहयोग र सुझावको अपेक्षा भगवतीमाई गाउँपालिकाको कार्यालय दैलेख राख्दछ । कोभिड–१९ को विषम परिस्थितिमा पनि सहज ढङ्गले नागरिक र गाउँपालिकाको सेवा समर्पित हुने चिकित्सक एवं स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद दिँदै अस्पतालबाट गुणीस्तरिय र प्रभावकारी सेवाको लागि भगवतिमाई गाउँपालिका कटिबद्ध रहेको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापाले बताए ।

प्रतिक्रिया